7 months ago
May 28, 2025
पोखरा (हाम्रो खेलकुद)- नवौं पिएम कप एनभिए लिगको महिलातर्फ फाइनलमा पुगिसकेको नेपाल पुलिस क्लब लिगमा अपराजित रह्यो ।
साविक विजेता समेत रहेको पुलिसले फाइनल पुगिसकेको अर्को टोली टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई आज ३-० को सोझो सेटमा हरायो।
यो खेलको नतिजापछि पुलिस शीर्ष र न्यु डायमण्ड दोस्रो स्थानमा रह्यो। पुलिसले २५-१९, २५-१८ र २५-२१ ले विजयी भयो। ५ खेलमा पुलिसले १४ अंक जोड्यो। पुलिस बाहेक सबै ४ टोलीलाई हराएको न्यु डायमण्डले १२ अंक बटुल्यो ।
यी दुईले नै बिहीवार उपाधिका लागि खल्नेछन्। तेस्रो स्थानको लागि नेपाल एपिएफ क्लब र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुने तय भैसकेको छ। आजै एभरेष्ट र एपिएफबीच लिग चरणको अन्तिम खेल हुनेछ।
पुरुषतर्फ पनि गण्डकी प्रदेश र टिप टप हेल्प नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।
मणिमुकुन्द भलिबल क्लब, एपिएफ, कोशी प्रदेश र सुदुर पश्चिम प्रदेश लिग चरणबाट बाहिरिसकेका छन् ।
आज लिग चरण अन्तिम ४ खेल हुनेछन् । खेलको नतिजाले कुनै असर गर्नेछैन । मात्र लिग चरणको स्थान निर्धारण मात्र गर्नेछ।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। महिलातर्फ पुलिस र न्यु डायमण्ड नेपालमा आयोजना हुने काभा क्लब च्याम्पियन्सका लागि छनोट भैसकेका छन्।
हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]