7 months ago
May 28, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको आ-आफ्नो अन्तिम खेलमा जित निकालेका छन्।
पोखराको कभर्ड हलमा पुरुषतर्फ आर्मीले सुदूर पश्चिम प्रदेशलाई २५-२२, २५-२२ र २५-१८ को सहज नतिजामा हराउँदै पाँचौं जित आफ्नो पक्षमा पार्यो।
यो जितमा आर्मीले १४ अंक बनाएको छ। आर्मीले तेस्रो स्थानको लागि पुलिससँग खेल्ने हिजो न तय भैसकेको छ।
सुदूरको लागि भने निराशाजनक रहयो। लगातार सातौं हारमा लिगको पुछारमा रहँदै बाहिरिएको छ।
यसैगरी बाहिरिसकेका मणिमुकुन्द र कोशी प्रदेशको प्रतिस्पर्धामा कोशीले जित निकाल्यो।
कोशीले २५-२२, २५-२३ र २५-१५ को जितका साथ लिगको अन्त्य गर्यो। उसको यो दोस्रो जित हो। मणिमुकुन्द र कोशीले यो लिगमा समान ७ अंक जोडे। पुरुषतर्फको फाइनलमा गण्डकी र हेल्प नेपालले खेल्ने निश्चित भैसकेको छ।
महिलातर्फ एभरेष्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई ३-० ले हरायो । एपिएफ र एभरेष्टबीच नै भोलि तेस्रो स्थानको खेल हुनेछ। पुलिस र टिप टप न्यु डायमण्डबीच फाइनल हुनेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]