7 months ago
May 28, 2025
पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २१ लाख भन्दा केहि बढी बचत भएको छ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले गत वर्ष माघ १२ देखि २० गते सम्म भएको प्रतियोगिताको बुधवार आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा १ कराोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी भएको अध्यक्ष नारायण प्रसाद शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा १ करोड ५० लाख ८८ हजार ५ सय ६५ रुपैयाँ खर्च भएको जनाएको छ । २१ लाख १ हजार ६ रुपैयाँ बचत भएको छ।
९ दिन सम्म चलेको प्रतियोगितामा ५७ लाख ३९ हजार ४ सय ४६ रुपैयाँ टिकट विक्रीबाट आम्दानी भएको छ । नेपाली भलिबलको इतिहासमै टिकट विक्रीबाट आम्दानी यो सर्वाधिक रकम हो।
त्यस्तै स्वदेश तथा विदेश, संघ,संस्था र व्यक्तिहरुबाट ५६ लाख ५० हजार १ सय २५ रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ।
त्यस्तै मुख्य प्रायोजक एनसेलबाट १७ लाख, सह प्रायोजक सुश्री मिडियाबाट १६ लाख, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाबाट समान १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख रुपैयाँ प्रतियोगिताका लागि सहयोग प्राप्त भएको बताइएको छ।

टाइगर ग्रुपका अनुसार स्वदेश र विदेशी टोलीको सहभागितामा सबै भन्दा बढी ५९ लाख २८ हजार १ सय ८४ रुपैयाँ खर्च भएको थियो।
पुरस्कारमा २२ लाख, ३९ हजार ९ सय ९० रुपैयाँसहित , समारोह, कार्यालय व्यवस्थापन, स्वयम् सेवक परिचालन, ट्रफी मेडल, प्रचारप्रसार, मैदान व्यवस्थापन, खेलाडी अक्षयकोषमा खर्च भएको जनाएको छ।
प्रतियोगितामा महिला र पुरुषतर्फ समान ६ टोलीको सहभागिता रहनेछ। पुरुषमा नेपाल पुलिस क्लब र महिलामा आयोजक टाइगर ग्रुपले जितेको थियो।
छैंटौं टाइगर कप माघमा
टाइगर ग्रुपले छैंटौं टाइगर कपको मिति सार्वजनिक गरेको छ। अध्यक्ष शर्माले छैंटौं संस्करण माघ ९ देखि १७ सम्म पोखरा रंगशालास्थित खुला भलिबल कोर्टमा हुनेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]