7 months ago
May 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्तेफ तेस्रो स्थान प्राप्त गरेको छ।
त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै पुलिस तेस्रो भएको हो। पोखराको कभर्ड हलमा भएको तेस्रो स्थानको प्रतिस्पर्धाको पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो।
जहाँ २७-२५ ले पहिलो सेट पुलिसले जित्यो। दोस्रो सेट सहजै २५-२० ले जित्दा पुलिसले २-० को स्पष्ट अगता बनायो।
२-० ले पछि परेको आर्मीले पुलिसलाई तेस्रो सेटमा कडा चुनौती दियो। यो सेट पुलिसले २३-२५ ले गुमायो। आर्मीले खेलमा फर्कने संकेत देखायो। तर यो लयलाई निरन्तरता दिन भने सकेन्।
चौथो सेट एकपक्षीय शैलीमा पुलिसले २५-१४ ले आनो पक्षमा पार्यो। यो सँगै ३-१ को जितमा पुलिस तेस्रो भयो। आर्मीले चौथो स्थानमा रहेर लिग पूरा गर्यो।
लिग चरणमा पुलिस र आर्मी दुवैले पाँच खेल जितेर १४ अंक सहित तेस्रो स्थानको प्रतिस्पर्धाका लागि छनोट भएका थिए।
महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ। नेपाल एपिएफ क्लबलाई ३-१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो।
थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५-१८,१०-२५,२५-१३,२९-२७ ले खेल जितेको हो।
पुरुषतर्फको तेस्रो स्थानका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आजै हुने फाइनलमा महिलातर्फ पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब तथा पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
पुलिस र न्यु डायमण्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमाका लागि छनोट भैसकेका छन्।
पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]