default_image

7 months ago

May 29, 2025

पिएम कप एनभिए लिगमा पुलिसको ह्याट्रिक

1298 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले पिएम कप एनभिए भलिबल लिग उपाधिमा ह्याट्रिक गरेको छ

पुलिसले अपराजित रहँदै नवौं संस्करणको उपाधि जित्यो । पुलिस लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।

टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३-१ ले हराउँदै पुलिस उपाधि रक्षा गरेको हो।

पोखराको कभर्ड हलमा भएको खेलमा उत्कृष्ट लयमा रहेको पुलिसले राम्रो सुरुवात गर्यो। २५-२० ले पहिलो सेट जित्यो।

तर न्यु डायमण्डलरे दोस्रो सेटमा कमब्याक गर्यो। पुलिसले यो सेट २२-२५ ले गुमायो। खेल १-१ को बराबरीमा पुग्यो।

तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो। जहाँ पुलिसले २८-२६ ले बाजी मार्यो। २-२ ले अगाडि बढेको पुलिसले चौथो सेट सहजै २५-१४ ले आफ्नो पक्षमा पार्यो ।

लिग चरणमा पनि पुलिसले न्यु डायमण्डलाई ३-० ले हराएको थियो। पुलिस लिगको शीर्षस्थानमा रहँदै र न्यु डायमण्ड दोस्रो हुँदै फाइनलमा पुगेका थिए।

आजै एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ। नेपाल एपिएफ क्लबलाई ३-१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो।थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५-१८,१०-२५,२५-१३,२९-२७ ले खेल जितेको हो।

पुलिस, न्यु डायमण्ड र नेपाल एपिएफ क्लब समान ३ पटक च्याम्पियन बनेको‌ छ।

आज पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३-१ हराउँदै पुलिस तेस्रो भएको थियो।

महिला र पुरुष दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुलिस र न्यु डायमण्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमाका लागि छनोट भैसकेका छन्।

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।

एनभिए लिग महिलातर्फको विजेता र उपविजेता

पहिलो- एपिएफ विजेता र न्यु डायमण्ड उपविजेता
दोस्रो – एपिएफ विजेता र न्यु डायमण्ड उपविजेता
तेस्रो – न्यु डायमण्ड विजेता र पुलिस उपविजेता
चौथो – एपिएफ विजेता र पुलिस उपविजेता
पाँचौ – न्यु डायमण्ड विजेता पुलिस उपविजेता
छैटौ – न्यु डायमण्ड विजेता एपिएफ उपविजेता
सातौ – पुलिस विजेता एपिएप उपविजेता
आठौ – पुलिस विजेता एभरेस्ट उपविजेता
नवौ – पुलिस विजेता र न्यु डायमण्ड उपविजेता

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.