default_image

7 months ago

May 29, 2025

हेल्प नेपाल पाँचौं पटक एनभिए लिग च्याम्पियन

2154 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ उपाधि रक्षा गरेको छ। हेल्प नेपालको यो पाँचौं एनभिए लिग उपाधि हो।

आज हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३-२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जिन सफल रहयो। यो जितमा हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा समेत छनोट भएको छ। गत वर्ष नेपालमा आयोजना भएको काभा क्लब च्याम्पियन्समा हेल्प नेपाल र गण्डकीले नै प्रतिस्पर्धा गरेका थिए।

खचाखच दर्शकले भरिएको पोखराको कभर्ड हलमा गण्डकी गत फाइनलको हारको बदला लिने दाउमा थियो। सोही अनुरुप उत्कृष्ट सुरुवात गर्यो। २५-२० र २७-२५ ले लगातार दुई सेट जित्दै जितको नजिक पुगेको थियो।

अब गण्डकीलाई मात्र एक सेट जिते पुग्थ्यो। तर हेल्प नेपालले त्यसो हुन दिएन । सानदार कमब्याकका साथ बाँकी तीन सेट २५-२२, २५-१४ र १५-८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपाल च्याम्पियन बन्यो ।

यो हारमा गण्डकी यो पटक पनि पिएम कप एनभिए लिगको उपाधि जित्न असफल भयो‌। लगातार तेस्रो पटक उपाधि जितेको हेल्प नेपालले यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि उपाधि हात पारेको थियो।

पुलिसको ह्याट्रिक

महिलातर्फ टिप टप न्यु डायमण्ड युथ स्पोर्टस एकेडेमीलाई ३-१ ले हराउँदै पुलिस उपाधि रक्षा गर्न सफल भयो। पुलिसले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेको छ।

पुलिस र न्यु डायमण्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमाका लागि छनोट भएका छन्।‌

उत्कृष्ट लयमा रहेको पुलिसले राम्रो सुरुवात गर्यो। २५-२० ले पहिलो सेट जित्यो। तर न्यु डायमण्डलरे दोस्रो सेटमा कमब्याक गर्यो। पुलिसले यो सेट २२-२५ ले गुमायो। खेल १-१ को बराबरीमा पुग्यो।

तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो। जहाँ पुलिसले २८-२६ ले बाजी मार्यो। २-२ ले अगाडि बढेको पुलिसले चौथो सेौ सहजै २५-१४ ले जित्दै लगातार तेस्रो पटक उपाधि जित्यो।

लिग चरणमा पनि पुलिसले न्यु डायमण्डलाई ३-० ले हराएको थियो। पुलिस लिगको शीर्षस्थानमा रहँदै र न्यु डायमण्ड दोस्रो हुँदै फाइनलमा पुगेका थिए।

महिला र पुरुष दुवैतर्फको विजेता हेल्प नेपाल र नेपाल पुलिसले समान ८ लाख, दोस्रो भएका गण्डकी र न्यु डायमण्डले समान ४ लाख प्राप्त गरे। यस्तै तेस्रो हुने पुलिस र एभरेष्ट भलिबल क्लबले २ लाख रुपैयाँ प्राप्त गरे ।

नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गते सुरु भएको लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.