6 months ago
June 10, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
पोखरा रंगशालास्थित कभर्डहलमा मंगलवार सुरु भएको प्रतियोगितामा पुलिसले एपिएफ र न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराए ।
उद्घाटन खेलमा पुलिसले एपिएफलाई २५-२२, २७-२५ र २५-१७ को सेटमा हरायो । दोस्रो खेलमा न्यु डायमन्डले एभरेष्टलाई २५-११, २५-१८ र २५-१० को सेटमा पराजित गर्यो ।
प्रतियोगिताको दोस्रो दिन बुधवार पुलिसले स्टेप रामपुर र न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल संघसँग खेल्नेछ ।
पूर्व प्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गरे ।
नेशनल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख , दोस्रोले ३ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]