6 months ago
June 11, 2025
पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित कभर्डहलमा बुधवार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै पुलिस र न्यु डायमण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पुलिसले स्टेप रामपुरलाई ३-० को सेटमा हरायो । एकतर्फी जित निकाल्ने क्रममा पुलिसले रामपुरलाई २५-७, २५-९ र २५-९ को सेटमा हरायो ।
न्यु डायमण्डले गण्डकीलाई ३-० ले पराजित गर्यो। न्यु डायमण्डले गण्डकीलाई २५-८, २५-१० र २५-१२ को सेटमा हरायो ।
नेशनल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख , दोस्रोले ३ लाख र तेस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष दिपक कोइरालाले जानकारी दिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]