6 months ago
June 12, 2025
पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लब र एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पोखरास्थित कभर्डहलमा बिहीवार गण्डकी प्रदेश भलिबल संघमाथि पुनरागमन जित निकाल्दै एभरेष्टले सेमिफाइनल पक्का गर्यो । एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा हरायो ।
पहिलो सेटमा गण्डकीले २५–२१ ले जित निकालेपनि एभरेष्टले सुधारिएको प्रर्दशन गर्दै २५–१४, २५–२२ र २५–१४ को नतिजा निकाल्यो ।
तेस्रो दिनको पहिलो खेलमा एपिएफले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले अन्तिम चारमा स्थान बनाउने क्रममा रामपुलाई २५–६, २५–६ र २५–७ को सेटमा हरायो ।
प्रतियोगिता अन्तर्गत शुक्रवार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा पुलिस र एभरेष्ट तथा दोस्रो सेमिफाइनलमा टिप टप न्यु डायमण्ड र एपिएफ भिड्ने समिकरण बनेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नेशनल स्पोर्ट्स एकेडेमीले जनाएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]