6 months ago
June 14, 2025
पोखरा (हाम्रो खेलकुद)- दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब आज प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल्दै छन् ।
पछिल्लो समय केहि लय गुमाएको एपिएफले शुक्रवार पोखरा रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो ।
समूह चरणमा गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबमाथि सहज जितका निकाल्दै अघि बढेको न्यु डायमण्डले एपिएफसँग त्यो लयलाई कायम राख्न सकेन ।
एपिएफसँगको पहिलो सेट २५-१७ ले गुमाएको थियो।
दोस्रो सेटमा पुनरागमन गर्ने प्रयास गरेपनि सफल भएन । दोस्रो सेटमा २४-२५ को स्थितिसम्म थियो । त्यसमा स्कोर गर्दै एपिएफले २६-२४ ले सेट जित्यो ।
तेस्रो सेट २५- १९ ले आफ्नो पक्षमा पार्दै एपिएफले अन्तिम दुईको यात्रा तय गर्यो।

त्यसअघि एभरेष्टलाई ३-० सोझो सेटमा पराजित गर्दै पुलिस फाइनलमा पुगेको थियो । दुई साता मा पुलिससँग दोस्रो उपाधि जित्ने अवसर छ । जेठ १५ गते सोही कभर्ड हलमा न्यु डायमण्डलाई हराउँदै पुलिसले नवौं पिएम कप एनभिए भलिबल लिगको उपाधि जितेको थियो।
हिजो एभरेष्टले पुलिसलाई कुनै पनि सेटमा चुनौती दिन सकेन। पुलिसले २५–१६, २५–१३,२५–११ ले खेल जितेको थियो।
न्यु डायमण्ड र एभरेष्टबीचको तेस्रो स्थानको खेल दिउँसो १ बजे र दुई विभागीय टोलीबीचको फाइनल दिउँसो ३ बजे सुरु हुने बताइएको छ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]