default_image

6 months ago

June 14, 2025

दुई विभागीय टोली पुलिस र एपिएफ फाइनल खेल्दै

1576 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब आज प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल्दै छन् ।

पछिल्लो समय केहि लय गुमाएको एपिएफले शुक्रवार पोखरा रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई‌ ३-० को सोझो सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो ।

समूह चरणमा गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबमाथि सहज जितका‌ निकाल्दै अघि बढेको न्यु डायमण्डले एपिएफसँग त्यो लयलाई कायम राख्न सकेन ।

एपिएफसँगको पहिलो सेट २५-१७ ले गुमाएको थियो।
दोस्रो सेटमा पुनरागमन गर्ने प्रयास गरेपनि‌ सफल भएन । दोस्रो सेटमा  २४-२५ को स्थितिसम्म थियो । त्यसमा स्कोर गर्दै एपिएफले २६-२४ ले सेट जित्यो ।
तेस्रो सेट २५- १९ ले आफ्नो पक्षमा पार्दै एपिएफले अन्तिम दुईको यात्रा तय गर्यो।

त्यसअघि एभरेष्टलाई ३-० सोझो सेटमा पराजित गर्दै पुलिस फाइनलमा पुगेको थियो । दुई साता मा पुलिससँग दोस्रो उपाधि जित्ने अवसर छ‌ । जेठ १५ गते सोही कभर्ड हलमा न्यु डायमण्डलाई‌ हराउँदै पुलिसले नवौं पिएम कप एनभिए भलिबल लिगको उपाधि जितेको थियो।

हिजो एभरेष्टले पुलिसलाई कुनै पनि सेटमा चुनौती दिन सकेन। पुलिसले २५–१६, २५–१३,२५–११ ले खेल जितेको थियो।

न्यु डायमण्ड र एभरेष्टबीचको तेस्रो स्थानको खेल दिउँसो १ बजे र दुई विभागीय टोलीबीचको फाइनल दिउँसो ३ बजे सुरु हुने बताइएको छ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.