6 months ago
June 14, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफकी क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितेको हो।
दुई साताअघि सोही पोखरा रंगशालास्थित कभर्ड हलमा भएको नवौं पिएम कप एनभिए भलिबल लिगमा कमजोर प्रदर्शन गरेको एपिएफले यसपटक सानदार प्रदर्शन गरेको छ।
एपिएफले यसपटक एनभिएको फाइनल खेलेका दुई टोली पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब दुवैलाई हराउँदै च्याम्पियन बनेको छ। एपिएफले न्यु डायमण्डलाई हिजो सेमिफाइनलमा ३-० कै सोझो सेटमा हराएको थियो।
काभा क्लब च्याम्पियन्स समेत रहेको पुलिसलाई आजको फाइनलमा एपिएफले खुलेर खेल्नै दिएन । परिणाम स्वरुप एपिएफले २५-१९,२५-२०,२५- १३ मा खेल जित्दै च्याम्पियन बनेको हो।
एभरेष्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
न्यु डायमण्ड प्रतियोगितामा तेस्रो भएको छ। एभरेष्ट भलिबल क्लबलाईलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमन्ड तेस्रो भएको हो।

पोखरा रंगशालास्थित कभर्डहलमा शनिवार न्यु डायमन्डले सहज जित निकालेको हो । समूह चरणमा पनि न्यु डायमण्डले एभरेष्टलाई ३-० ले नै हराएको थियो।
न्यु डायमन्डले सुरुआतदेखि खेल नियन्त्रणमा राख्यो। पहिलो सेट २५- ८ ले सहजै आफ्नो पक्षमा पार्यो पारेको न्यु डायमण्डले केहि चुनौतीको सामाना गरेपनि खेल २५–१८ ले जित्यो।
तेस्रो सेट २५- ११ ले आफ्नो पक्षमा पार्दै न्यु डायमण्डले तेस्रो स्थान पक्का गर्यो । न्यु डायमण्डलाई शुक्रवारको सेमिफाइनल भने बिर्सन लायक थियो।
सुरुवाती २ खेल जितेर अघि बढेको न्यु डायमण्ड सेमिफाइनलमा नेपाल एपिएफ क्लबसँग पराजित भएको थियो।
एभरेष्टलाई हराउँदै नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको थियो। ५ दिन सम्म चलेको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]