default_image

6 months ago

June 14, 2025

एपिएफ प्रचण्ड कप महिला भलिबल च्याम्पियन

1925 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफकी क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ

अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितेको हो।

दुई साताअघि सोही पोखरा रंगशालास्थित कभर्ड हलमा भएको नवौं पिएम कप एनभिए भलिबल लिगमा कमजोर प्रदर्शन गरेको एपिएफले यसपटक सानदार प्रदर्शन गरेको छ।

एपिएफले यसपटक एनभिएको फाइनल खेलेका दुई टोली पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब दुवैलाई हराउँदै च्याम्पियन बनेको छ। एपिएफले न्यु डायमण्डलाई हिजो सेमिफाइनलमा ३-० कै सोझो सेटमा हराएको थियो।

काभा क्लब च्याम्पियन्स समेत रहेको पुलिसलाई आजको फाइनलमा एपिएफले खुलेर खेल्नै दिएन । परिणाम स्वरुप एपिएफले २५-१९,२५-२०,२५- १३ मा खेल जित्दै च्याम्पियन बनेको हो।

एभरेष्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो

न्यु डायमण्ड प्रतियोगितामा तेस्रो भएको छ। एभरेष्ट भलिबल क्लबलाईलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमन्ड तेस्रो भएको हो।

पोखरा रंगशालास्थित कभर्डहलमा शनिवार  न्यु डायमन्डले सहज जित निकालेको हो । समूह चरणमा पनि न्यु डायमण्डले एभरेष्टलाई ३-० ले नै हराएको थियो।

न्यु डायमन्डले सुरुआतदेखि खेल नियन्त्रणमा राख्यो। पहिलो सेट २५- ८ ले सहजै आफ्नो पक्षमा पार्‍यो पारेको न्यु डायमण्डले केहि चुनौतीको सामाना गरेपनि खेल २५–१८ ले जित्यो।

तेस्रो सेट  २५- ११ ले आफ्नो पक्षमा पार्दै न्यु डायमण्डले तेस्रो स्थान पक्का गर्यो । न्यु डायमण्डलाई शुक्रवारको सेमिफाइनल भने बिर्सन लायक थियो।

सुरुवाती २ खेल जितेर अघि बढेको न्यु डायमण्ड सेमिफाइनलमा नेपाल  एपिएफ क्लबसँग पराजित भएको थियो।

एभरेष्टलाई हराउँदै नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको थियो। ५ दिन सम्म चलेको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.