default_image

6 months ago

June 14, 2025

एपिएफकी निरुता सर्वोत्कृष्ट खेलाडी

2197 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबकी निरुता ठगुन्ना प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

एपिएफलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेकी निरुताले उपाधिसहित ३० हजार रुपैयाँ प्राप्त गरिन् ।

विधागत पुरस्कारतर्फ ‌नेपाल पुलिस क्लबकी उषा भण्डारी उत्कृष्ट स्पाईकर, टिप टप न्यु डायमण्ड स्पोर्टस की सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो, एपिएफकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र एपिएफका पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

एपिएफ च्याम्पियन

एपिएफ प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। अर्को विभागीय टोली पुलिसलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितेको हो।

दुई साताअघि सोही पोखरा रंगशालास्थित कभर्ड हलमा भएको नवौं पिएम कप एनभिए भलिबल लिगमा कमजोर प्रदर्शन गरेको एपिएफले यसपटक सानदार प्रदर्शन गरेको छ।

एपिएफले यसपटक एनभिएको फाइनल खेलेका दुई टोली पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब दुवैलाई हराउँदै च्याम्पियन बनेको छ। एपिएफले न्यु डायमण्डलाई हिजो सेमिफाइनलमा ३-० कै सोझो सेटमा हराएको थियो।

काभा क्लब च्याम्पियन्स समेत रहेको पुलिसलाई आजको फाइनलमा एपिएफले खुलेर खेल्नै दिएन । परिणाम स्वरुप एपिएफले २५-१९,२५-२०,२५- १३ मा खेल जित्दै च्याम्पियन बनेको हो।

न्यु डायमण्ड तेस्रो

न्यु डायमण्ड प्रतियोगितामा तेस्रो भएको छ। एभरेष्ट भलिबल क्लबलाईलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमन्ड तेस्रो भएको हो।

न्यु डायमन्डले सहज जित निकालेको हो । समूह चरणमा पनि न्यु डायमण्डले एभरेष्टलाई ३-० ले नै हराएको थियो।

न्यु डायमन्डले सुरुआतदेखि खेल नियन्त्रणमा राख्यो। पहिलो सेट २५- ८ ले सहजै आफ्नो पक्षमा पार्‍यो पारेको न्यु डायमण्डले केहि चुनौतीको सामाना गरेपनि खेल २५–१८ ले जित्यो।

तेस्रो सेट  २५- ११ ले आफ्नो पक्षमा पार्दै न्यु डायमण्डले तेस्रो स्थान पक्का गर्यो । न्यु डायमण्डलाई शुक्रवारको सेमिफाइनल भने बिर्सन लायक थियो।

सुरुवाती २ खेल जितेर अघि बढेको न्यु डायमण्ड सेमिफाइनलमा नेपाल  एपिएफ क्लबसँग पराजित भएको थियो। एपिएफले ६ लाख, पुलिसले ३ लाख र न्यु डायमण्डले १ लाख रुपैयाँ प्राप्त गर्यो ।

विजेता खेलाडीलाई नेकपा माओवादी केन्द्रका संघिय सांसद शक्तिबहादुर बस्नेत, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वाला, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु अन्जन धमला, सम्राट कुशारी लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

नेशनल स्पोर्ट्स एकेडमीले आयोजना गरेको प्रतियोगिता जेठ २७ गते पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा ६ महिला टोलीको सहभागिता थियो । समापन समारोहमा आयोजक टिमका अध्यक्ष दिपक कोईरालाले दोस्रो संस्करणमा पुरुष विधालाई समेत समावेश गरिने बताए।‌

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.