default_image

6 months ago

June 16, 2025

रविलाई सूर्य नेपाल प्रिमियरको पहिलो दिन अग्रता

406 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर एक प्रो गल्फर रवि खड्का सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् ।

रविले ५-अन्डर ६७ को स्कोर जोड्दै साविक विजेता सुभाष तामाङलाई १ स्ट्रोकले पछि पारेका हुन् । गोकर्ण गल्फ क्लबमा सोमबार रविले छैटौं देखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार गरे । यही चार बर्डीको मद्दतले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । बोगी रहित फ्रन्ट नाइन खेलेका उनले १२औं र १७औं होलमा एक-एक सट बचाए । १३औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे ।

व्यावसायिक गल्फ टुर खेलिरहेका सुभाष ४-अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे । उनले फ्रन्ट नाइन १-ओभर ३७ को स्कोर बनाए । छैटौं होलमा बर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा एक-एक सट खेर फाले । तर ब्याक नाइनमा भने लय समाते । बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १०औं, १२औं र १६औं होलमा बर्डी प्रहार गरे । ५-पारको १५औं होलमा इगलको सफलतासँगै ब्याक नाइन ३१ मा सकाए । उनले गत सिजको यही प्रतियोगिता जितेपछि घरेलु टुर खेलेको यो पहिलो पटक हो ।

३-अन्डर ६९ को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ, राहुल विश्वकर्मा तथा प्रो गल्फर भुवन नगरकोटी र धन बहादुर थापाले संयुक्तरुपमा तेस्रो स्थानमा रहे ।

२-अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मा संयुक्तरुपमा सातौं स्थानमा छन् । १-अन्डर ७१ स्कोर गरेका दीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले पहिलो दिनको खेल संयुक्तरुपमा नवौं स्थानमा पुरा गरे ।

एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्तरुपमा शीर्षस्थानमा रहे । उनीहरूले ३-अन्डर ६९ को स्कोरमा बाङ्चेनले २ स्ट्रोकले पछि पारे ।

निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे। छैटौं होलमा एक सट बचाए। पहिलो र आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। यसपछि ११औं र १४औं होलमा बर्डी तथा १५औं र १८औं‌ होलमा बोगी खेपे। ब्याक नाइन इभन-पार ३६ खेले ।

राहुलले फ्रन्ट नाइन १-अन्डर ३५ तथा ब्याक नाइन २-अन्डर ३४ मा सकाए। उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे। वाङ्चेनले १-अन्डर ७१ स्कोर गरे। वाङ्वेनले सातौं होलमा चार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।

उपाधि दावेदार मानिएका एमेच्योर सद्भाव आचार्य इभन पार ७२ स्कोर जोडेका छन् । उनले सातौं होलमा डबल बोगी खेपेका थिए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । साथै प्रतियोगितामा १८ जना एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.