6 months ago
June 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिमका सदस्य एमेच्योर राहुल विश्वकर्मा सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् ।
समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले प्रो गल्फर तथा दोस्रो दिनका संयुक्त लिडर सुभाष तामाङलाई एक स्ट्रोकले पछि पारे । राहुलले तेस्रो दिन बुधबार ६-अन्डर ६६ को उत्कृष्ट स्कोर निकाले ।
भारतीय गल्फ टुर खेलिरहेका प्रो सुभाषलाई एक स्ट्रोकले पछि पार्ने क्रममा राहुलले आज फ्रन्ट नाइनमा बोगी रहित ५-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल ५ बर्डीको सफलता प्राप्त गरे । यसपछि ११औं होलमा १ सट खेर फाल्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । राहुलले पहिलो दिन ३-अन्डर र दोस्रो दिन ७-अन्डर खेलेका थिए ।
पहिलो दिनका संयुक्त लिडर सुभाषले आज ५-अन्डर ६७ को स्कोर बनाए । समग्रमा उनले १५-अन्डर २ सय १ स्कोर बनाएका छन् । उनले बोगी रहित स्कोर कार्ड तयार पारे । उनले फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन २-अन्डर ३४ खेले । यो क्रममा उनले तेस्रो, चौथो, नवौं, बार्है र तेर्हौ होलमा कुल ५ बर्डीको सफलता प्राप्त गरे ।
एमेच्योर सदभाव आचार्यले आज ५-अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३-अन्डर २ सय ३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् । सदभावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । तर लगत्तै १२औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलमा एक सट बचाए । ब्याक नाइन १-अन्डर ३५ खेले ।

अब अन्तिम १८ होलको खेल बाँकी रहँदा राहुल, सुभाष र सद्भावबीच उपाधिको लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमेच्योरद्वय सदभाव र राहुलले यो सिजन एक-एक उपाधि जितिसक्दा सुभाष भने उपाधि रक्षा गर्ने दाउमा हुनेछन् ।
समग्रमा ११-अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । निरजले ४-अन्डर ६८ मा खेल पुरा गरे । भुवनले आज दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ता गरे । यो क्रममा उनले कुल नौ बर्डी प्रहार गरे। पाँचौं होलमा एक सट खेर फाले। पहिो, दोस्रो, चौथो र नवौङ होलमा बर्डी प्रहार गरे । यसपछि ११औं देखि १५ औं होलमा लगातार ५ बर्डीको सफलता प्राप्त गरे ।
भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन् । उनले आज २-अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७-अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौं स्थानमा रहने क्रममा आज ४-अन्डर ६८ को नतिजा निकाले ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]