default_image

6 months ago

June 22, 2025

क्यानडा टि ट्वान्टी विश्वकपमा छनोट

5306 views

0 Bookmark

एजेन्सी – क्यानडा अर्को वर्ष हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ ।

अमेरिका छनोटमा बहामासविरुद्ध जित हासिल गर्दै क्यानडाले विश्वकप यात्रा पक्का गरेको हो । कलिम साना र शिवम शर्माले समान ३ विकेट लिएपछि बहामासलाई केवल ५७ रनमा अलआउट गर्यो ।

५८ रनको लक्ष्य क्यानडाले केबल ५.३ ओभरमा पूरा गर्यो । क्यानडाका लागि दिलप्रीत बाजवा १४ बलमा अविजित ३६ रन बनाउँदै छनोट निश्चित गर्यो ।

विश्वकप अमेरिका क्षेत्रीय छनोटमा निकोलस किर्टनको नेतृत्वमा रहेको क्यानडाले बर्मुडा, केम्यान आइल्याण्ड तथा बहमासमाथि सहज जित निकाल्यो ।

अमेरिका क्षेत्रबाट एक टोली छनोट हुनेमा अमेरिकाले अघिल्लो विश्वकपको सुपर ८ मा रहदै स्वतः छनोट भइसकेको छ ।

अमेरिकाले विश्वकपमा स्थान बनाइसकेको हुँदा क्यानडालाई छनोट हुन सहज भएको थियो । क्यानडाले २० टोली सहभागी रहने विश्वकपमा अन्य १२ टोलीसँगै स्थान बनाएको छ ।

प्रतियोगितामा यसअघि नै सह आयोजक भारत र श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्गल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्यूजिल्याण्ड र पाकिस्तानले स्थान पक्का गरिसकेका छन् ।

विश्वकप खेल्ने थप सात टोलीहरू भने विभिन्न क्षेत्रीय छनोटबाट आउने छन् । युरोप छनोटबाट २, अफ्रिका छनोटबाट २ र एसिया छनोटबाट ३ टोलीले विश्वकपमा स्थान बनाउँने छन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.