6 months ago
June 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा भएको १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने खेलाडी कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज बधाई दिएका छन्।
भुटानको थिम्पुमा जेठ २८ देखि असार १ गते (जुन ११ देखि १५ सम्म ) सम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत पदक जितेको थियो।
महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक र शिला ठकुरीले रजत पदक जितेकी थिइन्।
पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले र स्पोर्ट्स फिजिक १७५ मुनिको समूहमा अवतार श्रेष्ठले रजत पदक जितका थिए । स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धामा प्रनिश श्रेष्ठले पाँचौं भएका थिए।
सहरी विकास मन्त्रालयमा भएको भेटमा कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राख्न सफल भएको भन्दै खेलाडीको प्रशंसा गरे।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]