default_image

5 months ago

July 6, 2025

पिएसजी क्लब विश्व कपको सेमिफाइनलमा

1117 views

0 Bookmark

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले अमेरिका जारी क्लब विश्व कपको सेमिफाइनलमा पुगेको छ।

जर्मन टोली बायर्न म्युनिखलाई २-० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा पुगेको हो। ९ खेलाडीमा सिमित भएर पनि पिएसजी जित निकाल्न सफल रह्यो ।

च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गरेका डेसाइर डोउले खेलको ७८औं मिनेटमा बाँया पिएसजीका लागि पहिलो गोल गरे।

विलियन पासो ८२ औं मिनेट र लुकास हर्नान्डेजलाई इन्ज्युरी समयको दोस्रो मिनेटमा रातो कार्ड पाएपछि पिएसजी ९ खेलाडीमा समेटियो ।

इन्ज्युरी समयको छैटौं मिनेटमा उस्मान डेम्बेलेले दोस्रो गोल थप्दै पिएसजीको जित पक्का पारे ।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले गरेको गोल पनि अफसाइडका कारण मान्यता पाउन सकेन। खेलको अन्त्यतिर बायर्नलाई दिइएको पेनाल्टी पनि भिएआरको सहायताले उल्ट्याइयो।

बायर्नको ३५ वर्षीय फर्वार्ड थोमस मुलरले अन्तिम १० मिनेटमा किङ्स्ली कोमनको सट्टा मैदान प्रवेश गरे । बायर्नका लागि त्यो उनको अन्तिम खेल रह्यो । उनले बायर्नमा १७ वर्ष बिताए । उनले टोलीबाट थुप्रै उपाधि जितेका थिए।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.