default_image

5 months ago

July 12, 2025

हेल्प नेपाल काभा क्लब च्याम्पियन्स खेल्न माल्दिभ्स जाँदै

1301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई आज बिदाइ गरिएको छ।

च्याम्पियनसिपमा साउन १ देखि ७ गतेसम्म हुनेछ। नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ उपाधि जित्दै हेल्प नेपाल यो प्रतियोगिताको एागि छनोट भएको हो। हेल्प नेपालको यो‌ लगातार दोस्रो सहभागिता हो।

यसपटक प्रतियोगितामा नेपाल, काजकिस्तान, किर्गिजस्तान, पाकिस्तान र श्रीलंकाका एक-एक क्लब तथा आयोजक माल्दिभ्सको दुई टिमले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन्।

नेपालमा गत वर्ष भएको यो च्याम्पियनसिपको पहिलो संस्करणमा हेल्प नेपाल फाइनलमा पराजित भएको थियो। यो पटक भने उपाधि जित्ने टिम बनाएको प्रशिक्षक उत्सव खड्काले बताए।

यो पटक तीन उत्कृष्ट विदेशी खेलाडी भित्राएको र विभागीय टिमका खेलाडीलाई समेटेर टिमलाई बलियो बनाएको हाम्रो खेलकुद डटकमलाई बताए।

तर टिमले नै एकजुट भएर प्रशिक्षण गर्न भने पाएका छैनन्। विदेशी खेलाडी सीधै माल्दिभ्स पुग्नेछन्। यहाँबाट टोली माल्दिभ्स पुगेपछि टिम सेट गर्नको लागि दुई दिनकोसमय रहनेछ।

उज्वेकिस्तानको क्लबले भने अन्तिम समयमा नाम फिर्ता लिएको थियो। यो प्रतियोगिताको सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो। विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले टोलीलाई बिदाइ गरे।‌

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.