default_image

5 months ago

July 12, 2025

हेल्प नेपाल काभा क्लब च्याम्पियन्स खेल्न माल्दिभ्स जाँदै

1299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई आज बिदाइ गरिएको छ।

च्याम्पियनसिपमा साउन १ देखि ७ गतेसम्म हुनेछ। नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ उपाधि जित्दै हेल्प नेपाल यो प्रतियोगिताको एागि छनोट भएको हो। हेल्प नेपालको यो‌ लगातार दोस्रो सहभागिता हो।

यसपटक प्रतियोगितामा नेपाल, काजकिस्तान, किर्गिजस्तान, पाकिस्तान र श्रीलंकाका एक-एक क्लब तथा आयोजक माल्दिभ्सको दुई टिमले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन्।

नेपालमा गत वर्ष भएको यो च्याम्पियनसिपको पहिलो संस्करणमा हेल्प नेपाल फाइनलमा पराजित भएको थियो। यो पटक भने उपाधि जित्ने टिम बनाएको प्रशिक्षक उत्सव खड्काले बताए।

यो पटक तीन उत्कृष्ट विदेशी खेलाडी भित्राएको र विभागीय टिमका खेलाडीलाई समेटेर टिमलाई बलियो बनाएको हाम्रो खेलकुद डटकमलाई बताए।

तर टिमले नै एकजुट भएर प्रशिक्षण गर्न भने पाएका छैनन्। विदेशी खेलाडी सीधै माल्दिभ्स पुग्नेछन्। यहाँबाट टोली माल्दिभ्स पुगेपछि टिम सेट गर्नको लागि दुई दिनकोसमय रहनेछ।

उज्वेकिस्तानको क्लबले भने अन्तिम समयमा नाम फिर्ता लिएको थियो। यो प्रतियोगिताको सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो। विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले टोलीलाई बिदाइ गरे।‌

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.