default_image

5 months ago

July 13, 2025

महिला भलिबल लिगको अक्सन यसै साता

1147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल ) को दोस्रो संस्करणका लागि यसै साता खेलाडीको‌ अक्सन हुने भएको छ।

इडब्लुभिएकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्नेभी चापागाईले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बिहीवार खेलाडी अक्सन‌ हुने जानकारी दिएकी छिन्।

प्रत्यक्ष बोलकबोल प्रणाली अन्तर्गत टोलीले राष्ट्रिय स्टार खेलाडी, नवप्रतिभा र उदाउँदा खेलाडीबीचबाट आफ्नो टोली निर्माण गर्ने अवसर पाउनेछन् अपेक्षा आयोजकको रहेको छ।

‘६ वटा फ्रेन्चाइज टोलीको सहभागितासहित यो प्रक्रिया नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड सावित हुने अपेक्षा गरिएको छ,’ विज्ञप्तिमा‌ भनिएको छ।

इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ काठमाडौंमा हुने यसअघि नै सार्वजनिक भइसकेको छ।
पहिलो संस्करण कर्णालीले जितेको थियो।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.