default_image

5 months ago

July 17, 2025

मधेश युनाइटेडको मार्कीमा निरुताको निरन्तरता

758 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्नालाई एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संंस्करणका लागि मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ।

निरुताल फेरि पनि मधेश युनाइटेडसँग खेल्ने अवसर पाउँदा खुशी व्यक्त गरेकी छन् । ‘टिमलाई विजेता बनाउन म आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछु’ निरुताले भनिन् ।

मधेश युनाइटेडले भनेको छ, ‘पहिलो संस्करणमा बलियो प्रदर्शन गर्दै टोलीको नेतृत्व गरेकी निरुता फेरि फर्किँदा हामीलाई गर्व लागेको छ। उनी यसपटक पनि कोर्टमा आफ्नो प्रभुत्व देखाउनेछिन् भन्ने हामी विश्वास गर्छौं।’

यसअघि मधेशले प्रशिक्षकका रूपमा कोपिला उप्रेतीलाई नियुक्त गरिसकेको छ । मधेशले आजै कलाकार नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण भददौ २० गतेदेखि २८ गतेसम्म हुनेछ। खेलाडीको अक्सन भोलि हुनेछ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.