default_image

5 months ago

July 17, 2025

मधेश युनाइटेडको मार्कीमा निरुताको निरन्तरता

763 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्नालाई एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संंस्करणका लागि मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ।

निरुताल फेरि पनि मधेश युनाइटेडसँग खेल्ने अवसर पाउँदा खुशी व्यक्त गरेकी छन् । ‘टिमलाई विजेता बनाउन म आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछु’ निरुताले भनिन् ।

मधेश युनाइटेडले भनेको छ, ‘पहिलो संस्करणमा बलियो प्रदर्शन गर्दै टोलीको नेतृत्व गरेकी निरुता फेरि फर्किँदा हामीलाई गर्व लागेको छ। उनी यसपटक पनि कोर्टमा आफ्नो प्रभुत्व देखाउनेछिन् भन्ने हामी विश्वास गर्छौं।’

यसअघि मधेशले प्रशिक्षकका रूपमा कोपिला उप्रेतीलाई नियुक्त गरिसकेको छ । मधेशले आजै कलाकार नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण भददौ २० गतेदेखि २८ गतेसम्म हुनेछ। खेलाडीको अक्सन भोलि हुनेछ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.