5 months ago
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडी नियुक्त भएकी छिन्।
पोखरा निन्जाजले आज सामाजिक सन्जालमार्फत प्रगतिलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको छ।
प्रगति सम्मिलित पोखरा निन्जाजले भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका चुनौती पेश गर्ने छ । पहिलो संस्करणमा भाग लिएको गण्डकी थन्डर्सको ठाउँमा यसपटक पोखरा निन्जाजले खेल्न लागेको हो ।

प्रगति पहिलो पटक मार्की चुनिएकी हुन् । गत संस्करण प्रगतिले सरस्वती चौधरी मार्की रहेको गण्डकीबाट खेलेकी थिइन्। सरस्वती अहिले अस्ट्रेलियामा छिन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण भददौ २० गतेदेखि २८ गतेसम्म हुनेछ। खेलाडीको अक्सन भोलि हुनेछ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]