5 months ago
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडी नियुक्त भएकी छिन्।
पोखरा निन्जाजले आज सामाजिक सन्जालमार्फत प्रगतिलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको छ।
प्रगति सम्मिलित पोखरा निन्जाजले भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका चुनौती पेश गर्ने छ । पहिलो संस्करणमा भाग लिएको गण्डकी थन्डर्सको ठाउँमा यसपटक पोखरा निन्जाजले खेल्न लागेको हो ।

प्रगति पहिलो पटक मार्की चुनिएकी हुन् । गत संस्करण प्रगतिले सरस्वती चौधरी मार्की रहेको गण्डकीबाट खेलेकी थिइन्। सरस्वती अहिले अस्ट्रेलियामा छिन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण भददौ २० गतेदेखि २८ गतेसम्म हुनेछ। खेलाडीको अक्सन भोलि हुनेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]