5 months ago
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ।
कर्णालीले इडब्लुभिएलको पहिलो संस्करणमा उपाधि जित्दा सुमित्रा मार्कीसँगै कप्तान पनि थिइन् ।
अर्को महिना हुने इडब्लुभिएलको दोस्रो संस्करणका लागि पनि सुमित्रा मार्की रहने कर्णालीले सामाजिक सन्जालमार्फत जानकारी दिएको छ।

न्यु डायमण्ड स्पोर्टस क्लबमा उनका प्रशिक्षक कुमार राई नै कर्णालीका प्रशिक्षक हुन्। कर्णालीले यसपटक पनि राईलाई नै प्रशिक्षक बनाएको छ।
इडब्लुभिएलका सहभागी ६ मध्ये ५ टोलीको मार्की तय भइसकेको छ। इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म हुनेछ। खेलाडी अक्सन आज हुँदैछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]