default_image

5 months ago

July 19, 2025

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वोत्कृष्ट भलिबल खेलाडी

1247 views

0 Bookmark

दिल तामाङ ,सिड्नी

राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र राजेन्द्र विष्ट एनभिएए अवार्डमा वर्षका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

अस्ट्रेलियाको सिड्नीमा शनिवार भएको पहिलो भलिबल अवार्डको महिलातर्फ म्याग्दी काली युनाइटेडकी प्रतिभा र पुरुषतर्फ ढोरपाटनका राजेन्द्र सर्वोत्कृष्ट चुनिएका छन्।

महिलातर्फ म्याग्दीकै सरस्वती उत्कृष्ट स्पाइकर, म्याग्दीकै मिया पुन उत्कृष्ट सेटर, पोखरा भलिबल क्लब तथा छन्त्याल परिवार अष्ट्रेलियाकी सन्जु पुर्जा उत्कृष्ट सर्भर घोषित भइन्।

पुरुषतर्फ गल्कोटका दिल बहादुर सुनार उत्कृष्ट स्पाइकर , ढोरपाटनका खेम पुर्जा उत्कृष्ट सेटर,  गल्कोटका अर्जुन अधिकारी उत्कृष्ट मिडल ब्लकर , ढोरपाटनका  विजय आचार्य उत्कृष्ट सर्भर र सोही क्लबका सरोज घर्तीमगर उत्कृष्ट लिबेरो घोषित भए।

त्यस्तै ढोरपाटनका डोर बहादुर राना वर्ष उत्कृष्ट प्रशिक्षक, मोना अस्ट्रेलियालाई वर्ष उत्कृष्ट व्यवस्थापन र थकाली सेवा समितिलाई फेयर प्ले टिम अवार्ड प्रदान गरिएको थियो।

विजयी सबैलाई अवार्ड प्रदान गरिएको छ । व्यक्तिगत विधाका सबै अवार्डमा मनोनयन राखिएको थियो ।

वर्ष सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा राजेन्द्रसँगै ढोरपाटनका विजय आचार्य, मोनाका रविन चन्द र पारस भण्डारी तथा गल्कोटका दिल सुनार रहेका थिए ।

महिलामा प्रतिभासँगै म्याग्दी कालीकी सरस्वती चौधरी, जलजलाकी अरुणा शाही र ढोरपाटनकी याम कुमारी शेरचन मनोनयनमा थिए ।

पुरुषको स्पाइकरतर्फ दिलसँगै, मोनाका पारस भण्डारी, जलजलाका हेमन्त बहादुर मल्ल, गोर्खाका बिशाल बहादुर विक र पोखराका मानबहादुर श्रेष्ठ मनोनयनमा थिए । यस्तै सर्भरमा विजयसँगै राजेन्द्र विष्ट, छन्त्यालका तिलक छन्त्याल, गोर्खाका प्रकाश फाल मगर र मोनाका माधव पुन मनोनयनमा थिए ।

सेटरमा खेमसँगै दीपक अधिकारी, बिशाल कार्की, विश्व घर्तीमगर दिपक थापा मगर मनोनयनमा पर्न सफल भएका थिए । मिडल ब्लकरमा अर्जुनसँगै मोनाका शेरु रोका, जलजलाकम ज्ञानेन्द्र पटेल, गल्कोटका विनोद खत्री र मोनाका पारस भण्डारी मनोनयनमा थिए ।

लिवेरोको मनोनयनमा सरोजसँगै गल्कोटका बिशाल कार्की, छन्त्यालका गणेश छन्त्याल, मोनाका तुल बहादुर थापा र राजेश हमाल थिए ।

महिलाको स्पाइकरमा सरस्वतीसँगै ढोरपाटनकी निरुता ठगुन्ना, छन्त्यालकी कामना विष्ट र पोखराकी इन्दिरा पुन मनोनयनमा पर्न सफल भएकी थिईन् ।

सेटरमा मियासँगै प्रतिक्षा गुरुङ, सविना बुढामगर र पुनम पुन मनोनयनमा थिइन् । सर्भरमा सन्जुसँगै आशा क्षेत्री, दिल्स घर्तीमगर र गीता मगर मनोनयनमा थिईन् ।

सोही अवसरमा सन् २००४ मा सिड्नीमा नेपाली समुदायको भलिबल सुरु गर्ने दीपक शेरचन तथा पत्रकार सोमन छन्त्याल र दिल तामाङलाई मायाको चिनो प्रदान गरिएको थियो।

विजयी खेलाडीलाई एनभिएएका अध्यक्ष दीपक क्षेत्री, पुर्व महावाणिज्यदूत दीपक केसी र अजी होम लोनका विष्णु हमाल, सुमन बानिया लगायतले अवार्ड प्रदान गरे ।

नेपाल भलिबल संघ अस्ट्रेलिया (एनभिएए) ले वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीलाई अवार्ड प्रदान गरेको हो। सिड्नीमा मात्रै वर्षमा खुला पुरुषमा ८ र महिलामा ५ भन्दा बढी प्रतियोगिता हुने गर्दछ ।

एनभिएए अन्तरगत न्यु साउथ वेल्स (एनएसडब्लु) मा १२ क्लब दर्ता छन् । जसमा १२ पुरुष टोली, ८ भेट्रान्स टोली र ६ महिला टोली छन् । एनभिएएले हरेक टोलीमा एक जना राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधान राखेको छ ।

सिड्नीमा नेपाली समुदायको ढोरपाटन क्लब, म्याग्दी जलजला परिवार, मोना अस्ट्रेलिया, दि गोर्खा स्पोर्ट्स क्लब, थकाली सेवा समिति, गल्कोट समाज, मंगला समाज, छन्त्याल परिवार, म्याग्दी काली युनाइटड, पोखरा भलिबल क्लब, पर्वत बेनी र गोल्डेन ब्वाइज भलिबल क्लब छन् ।

एनभिएए अवार्ड

महिलातर्फ सर्वोत्कृष्ट खेलाडी – प्रतिभा माली (म्याग्दी काली युनाईटेड)
स्पाइकर – सरस्वती चौधरी (म्याग्दी काली युनाईटेड)
सेटर – मिया पुन (म्याग्दी काली युनाईटेड)
सर्भर – सन्जु पुर्जा (पोखरा/छन्त्याल)

पुरुषतर्फ वर्ष सर्वोत्कृष्ट खेलाडी –  राजेन्द्र विष्ट (ढोरपाटन)
उत्कृष्ट स्पाइकर – दिल सुनार (गल्कोट)
सेटर – खेम पुर्जा (ढोरपाटन)
मिडल ब्लकर – अर्जुन अधिकारी (गल्कोट)
सर्भर – बिजय आचार्य (ढोरपाटन)
लिवेरो – सरोज घर्तीमगर (ढोरपाटन)

वर्ष उत्कृष्ट प्रशिक्षक – डोर बहादुर राना (ढोरपाटन)
वर्ष उत्कृष्ट व्यवस्थापन – मोना अष्ट्रेलिया
फेयर प्ले टिम – थकाली सेवा समिति

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.