default_image

5 months ago

July 19, 2025

अभिनेता हमाल कर्णाली यशविसको सद्भावना ब्रान्ड एम्बेसडर

685 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को कर्णाली यशविसले अभिनेता राजेश हमाललाई सद्भावना ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

कर्णालीले शनिवार सामाजिक सन्जालमार्फत हमाललाई आफ्नो टोलीको सद्भावना ब्रान्ड एम्बेसडरका रुपमा सार्वजनिक गरेको थियो।

‘उत्कृष्टता, सौन्दर्य र समर्पणका प्रतीक, राजेश हमालको उपस्थितिले अब केवल सिल्भर स्क्रिन मात्र होइन, हाम्रो टोलीको आत्मालाई समेत प्रेरित गर्छ। महानायक स्वयं हाम्रो साथमा उभिनु भएपछि कर्णालीको ऊर्जा अझ सशक्त बनिरहेको छ,’ कर्णालीले सामाजिक सन्जालमा लेखेको छ।

शुक्रवार भएको खेलाडी अक्सनमा हमाल कर्णालीको टेबलमा बसेका थिए। उनी गत वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर रहेका थिए।

इडब्लुभिएलको साविक विजेता कर्णालीले मुख्य प्रशिक्षकमा कुमार राई र मार्कीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको थियो।

कर्णालीले अक्सनबाट सोफिया पुन, रश्मि दुरा, जोशना महतो, पूजा थारु, नेविका चौधरी, रेविका लामा तामाङ, अलिशा भोजुलाई लिएको थियो। इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.