5 months ago
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को कर्णाली यशविसले अभिनेता राजेश हमाललाई सद्भावना ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कर्णालीले शनिवार सामाजिक सन्जालमार्फत हमाललाई आफ्नो टोलीको सद्भावना ब्रान्ड एम्बेसडरका रुपमा सार्वजनिक गरेको थियो।
‘उत्कृष्टता, सौन्दर्य र समर्पणका प्रतीक, राजेश हमालको उपस्थितिले अब केवल सिल्भर स्क्रिन मात्र होइन, हाम्रो टोलीको आत्मालाई समेत प्रेरित गर्छ। महानायक स्वयं हाम्रो साथमा उभिनु भएपछि कर्णालीको ऊर्जा अझ सशक्त बनिरहेको छ,’ कर्णालीले सामाजिक सन्जालमा लेखेको छ।

शुक्रवार भएको खेलाडी अक्सनमा हमाल कर्णालीको टेबलमा बसेका थिए। उनी गत वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर रहेका थिए।
इडब्लुभिएलको साविक विजेता कर्णालीले मुख्य प्रशिक्षकमा कुमार राई र मार्कीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको थियो।
कर्णालीले अक्सनबाट सोफिया पुन, रश्मि दुरा, जोशना महतो, पूजा थारु, नेविका चौधरी, रेविका लामा तामाङ, अलिशा भोजुलाई लिएको थियो। इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरामा हुनेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]