default_image

5 months ago

July 19, 2025

क्षितिजलाई चेस उपाधि

500 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलातर्फको उपाधि क्षितिज भण्डारीले जितेका छन्।

हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा सम्पन्न एकदिने प्रतियोगितामा २ सय ४७ खेलाडी सहभागी भए । नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो।

एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूका अनुसार गत वर्ष फिडे स्थापनाको १ सय वर्ष पुगेको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत भइसकेको छ।

यसपटक त्यही अभियानको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रूपमा आयोजना गरिएको हो।

खुला स्पर्धामा क्षितिज विजेता

प्रतियोगिताको खुलातर्फ  फिडेमास्टर (एफएम) क्षितिज
भण्डारीले सिएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै १० हजार रुपैयाँ नगद पुरस्कार जिते। उनले ९.५ अंक जोडे। यस्तै, दोस्रो भएका पुरुषोत्तमले ९ अंकसहित ७ हजार रुपैयाँ प्राप्त गरे।

८.५ अंक जोडेका मुकुन्द नापित तेस्रो हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे। शीर्ष १० स्थानमा स्थान बनाउने अन्य खेलाडी सन्तोष श्रेष्ठ, रुपेश जैसवाल, प्रेम कृष्ण अधिकारी, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौधरी रहे। यी सबैले जनही १ हजार रुपैयाँ पुरस्कार पाए।

१९ विधामा आयोजित प्रतियोगितामा ६ बर्षदेखि ८४ बर्षसम्मका खेलाडी सहभागि थिए। कुल ६७ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गरे।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.