5 months ago
July 21, 2025
टेक्सास (हाम्रो खेलकुद) – सान फ्रान्सिस्कोले नेपाली समुदायबीच भएको एनसएटी इन्टर स्टेट भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
नेप्लिज सोसाइटी अफ टेक्सास (एनएसटी) ले आयोजना गरेको प्रतियोगितामा रिजउड नेपाली समाजलाई हराउँदै सान फ्रान्सिस्कोले उपाधि जितेको हो।
ग्राण्ड पेरि इमेज भलिबल कोर्टमा आइतवार भएको फाइनलमा सान फ्रान्सिस्कोले रिजउडलाई ३-० को सोझो सेटमा हराएको थियो हो ।
विजेता सान फ्रान्सिस्कोले ८ हजार, रिजउडले ५ हजार ड र तेस्रो भएको वेस्ट रुकुमले २ हजार अमेरिकी डलर प्राप्त गर्यो ।
प्रतियोगितामा व्यक्तिगत बिधामा सान फ्रान्सिस्को का खेलाडी ले एकछत्र राज गरे । दिपक सर्वोत्कृष्ट घोषित भए भने लक्ष्मण उत्कृष्ट ब्लके, गोपाल उत्कृष्ट डिफेन्स , महेन्द्र उत्कृष्ट स्टाइकर र गोपाल उत्कृष्ट लिफ्टर चुनिए।

अमेरिकामा नेपाली समुदायबीच भलिबल लोकप्रिय खेल हो । यसलाई थप विकास र प्रबन्धन गर्न भलिबल आयोजना गरेको एनएसटी स्पोर्ट्स टाक्स भलिबल सदस्य नारायण केसीले हाम्रो खेलकुदलाई जानकारी दिए ।
‘पहिलो पटक आयोजना गर्दा भव्य रुपमा सम्पन्न भएको छ । अर्को वर्ष पनि गर्नेछौं । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद, केसीले भने ।
प्रतियोगितामा नेपाली समुदायका १६ भलिबल टोलीको सहभागिता थियो। जसमा साजनी एथ्लेटिक क्लब , शाह फाउन्डेसन, ह्युस्टन नेप्लिज भलिबल, सान फ्रान्सिस्को भलिबल टिम, नेपाली मन दिनभर, रिजउड नेपाली समाज, गुर्खाज अस्टिन टिम ए, बि, नेपाली समाज टेक्सास थिए ।
त्यस्तै नेपाल स्टार, रुकुम वेस्ट भलिबल, कोपेल भ्यालि भलिबल, एभलेस्ट फेडरल क्रेडिट युनियन, रुकुम भलिबल टिम , टिम टिकापुर भलिबल टिम, फार वेस्टर्न नेपाली समाज को सहभागिता थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]