5 months ago
July 21, 2025
टेक्सास (हाम्रो खेलकुद) – सान फ्रान्सिस्कोले नेपाली समुदायबीच भएको एनसएटी इन्टर स्टेट भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
नेप्लिज सोसाइटी अफ टेक्सास (एनएसटी) ले आयोजना गरेको प्रतियोगितामा रिजउड नेपाली समाजलाई हराउँदै सान फ्रान्सिस्कोले उपाधि जितेको हो।
ग्राण्ड पेरि इमेज भलिबल कोर्टमा आइतवार भएको फाइनलमा सान फ्रान्सिस्कोले रिजउडलाई ३-० को सोझो सेटमा हराएको थियो हो ।
विजेता सान फ्रान्सिस्कोले ८ हजार, रिजउडले ५ हजार ड र तेस्रो भएको वेस्ट रुकुमले २ हजार अमेरिकी डलर प्राप्त गर्यो ।
प्रतियोगितामा व्यक्तिगत बिधामा सान फ्रान्सिस्को का खेलाडी ले एकछत्र राज गरे । दिपक सर्वोत्कृष्ट घोषित भए भने लक्ष्मण उत्कृष्ट ब्लके, गोपाल उत्कृष्ट डिफेन्स , महेन्द्र उत्कृष्ट स्टाइकर र गोपाल उत्कृष्ट लिफ्टर चुनिए।

अमेरिकामा नेपाली समुदायबीच भलिबल लोकप्रिय खेल हो । यसलाई थप विकास र प्रबन्धन गर्न भलिबल आयोजना गरेको एनएसटी स्पोर्ट्स टाक्स भलिबल सदस्य नारायण केसीले हाम्रो खेलकुदलाई जानकारी दिए ।
‘पहिलो पटक आयोजना गर्दा भव्य रुपमा सम्पन्न भएको छ । अर्को वर्ष पनि गर्नेछौं । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद, केसीले भने ।
प्रतियोगितामा नेपाली समुदायका १६ भलिबल टोलीको सहभागिता थियो। जसमा साजनी एथ्लेटिक क्लब , शाह फाउन्डेसन, ह्युस्टन नेप्लिज भलिबल, सान फ्रान्सिस्को भलिबल टिम, नेपाली मन दिनभर, रिजउड नेपाली समाज, गुर्खाज अस्टिन टिम ए, बि, नेपाली समाज टेक्सास थिए ।
त्यस्तै नेपाल स्टार, रुकुम वेस्ट भलिबल, कोपेल भ्यालि भलिबल, एभलेस्ट फेडरल क्रेडिट युनियन, रुकुम भलिबल टिम , टिम टिकापुर भलिबल टिम, फार वेस्टर्न नेपाली समाज को सहभागिता थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]