5 months ago
July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शारिरिक रुपमा अशक्त चेस फेडेरेसन (सिएफपिडी ) र विशेष रुपमा सक्षम गोवा चेस एसोसिएसन (जिसिएएसए) को संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिको २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप (आइपिसिए) भारतमा आज सुरु भएको छ।
विश्व बुद्धिचाल महासंघको तत्वावधानमा जुलाई २१ देखि ३१ सम्म प्रतियोगिता सन्चालन हुनेछ।
प्रतियोगितामा विश्व विजय घिमिरेले नेपालको प्रतिनिधित्व गर्नेछन्।
फरक क्षमताको बीचमा हुने स्पर्धामा ५५ बर्षिय विश्व विजयको सहभागिताको लागि मेची नगरपालिकालेे आर्थिक सहयोग गरेको थियो ।
विश्व चेस महासंघको आधिकारिक वर्ल्ड च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघि सन् २०२४ मा नेपाल च्याम्पियन रुपेश जैशवालले अजरबैजानमा भएको वर्ल्ड साइकल छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
त्यस्तै २०२४ कै काजाकिस्तानमा भएको वर्ल्ड युथ क्याडेट च्याम्पियनसिपमा त्रियोग उच्च माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गरेका थिए।
त्यसैगरी यस वर्ल्ड च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय आविर्टर यज्ञप्रसाद पन्त निर्णायकको भुमिकामा रहनेछन्। कुनै पनि वर्ल्ड च्याम्पियनसिपमा निर्णायकको रुपमा नेपाली आर्विटरको यो पहिलो अवसर पनि हो।
उक्त फरक क्षमता भएका बुद्धिचाल खेलाडीको वर्ल्ड च्याम्पियनसिपमा नेपाल सहित आयोजक भारत, कजाकिस्तान, चीन, इजरायल, फ्रान्स, रुस, पोलाण्ड, स्लोभाकिया,हंगेरी, चेकोस्लाभाकिया, मंगोलिया, फिलिपिन्स, अवरबैजान, उब्जेकिस्तान लगायतका ९७ खेलाडीको सहभागिता छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]