4 months ago
July 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जितेको छ ।
तेस्रो स्थानको लागि आज भएको खेलमा श्रीलंकाको पुलिस क्लबलाई ३-१ ले हराएको हो । हेल्प नेपाल पहिलो तथा दोस्रो सेटमा विजयी भएको थियो । तेस्रो सेटमा हार बेहोरेको हेल्प नेपालले चौथो सेटमा जितका साथ तेस्रो स्थान हात पारेको हो ।
पहिलो सेट २५-२० तथा दोस्रो सेट २५-१५ ले जितेको हेल्प नेपालले तेस्रो सेट २०-२५ ले गुमाएको थियो । चौथो सेटमा २५-२३ को जित निकाल्दै हेल्प नेपालले कास्य पदक जितेको हो ।
हेल्प नेपाल लिग चरणको ५ मध्ये ४ खेलमा विजयी भएको थियो । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भएको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भएको थियो । दुवै पटकको सहभागितामा हेल्प नेपालले पदक जितेको छ। गत वर्ष स्वदेशमा भएको च्याम्पियनसिपमा हेल्प नेपालले रजत पदक जितेको थियो।
November 9, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा फाइनल भोलि (सोमवार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा भएको काभा महिला यु १९ भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ। कोलम्बोमा आज भएको फाइनलमा कीर्गिस्तानसँग ३-२ ले पराजित हुँदै नेपाल दोस्रो स्थानमा सिमित भएको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो र चौथो सेट जितेको नेपाल पाँचौं तथा निर्णायक सेटमा ४ अंकले पछाडि पर्यो । कीर्गिस्तान २२-२५,२५-२०,२५-२१,१३-२५ र १५-११ ले विजयी भएको थियो। […]
November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]