3 months ago
September 6, 2025
पोखरा (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा पहिलो जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिवार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
मधेशले पहिलो र दोस्रो सेट समान २५-१९ र तेस्रो सेट २५-२३ ले जित निकाल्यो । खेलको प्लेयर अफ द म्याच मधेशकी रोमी भिनस्ट्रा घोषित भइन् । मधेशको यो पहिलो जित हो भने पोखराको यो लगातार दोस्रो हार हो ।
आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो ।
लिगको तेस्रो दिन आइतवार २ खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ ।
दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]