default_image

9 years ago

March 19, 2017

नेपाली भलिबल टोली सेन्ट्रल जोन च्याम्पियनसिपका लागि माल्दिभ्स जाँदै

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा आयोजना हुने एबिसी सेन्ट्रल जोन भलिब च्याम्पियनसिपमा भाग लिने भएको छ । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । बुधबार सुरु हुने च्याम्पियनसिपमा आयोजक बंगलादेश र कीर्गिस्तानको सहभागिता रहेको छ । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले विदाई गरेका थिए । उनले टोलीका कप्तान इम राना मगरलाई राष्ट्रिय झन्डा हस्तान्तर गरेका थिए ।

volleyball
मार्च २३ मा तुर्कमेनिस्तानसँग खेल्दै नेपालले च्याम्पियनसिपका यात्रा सुरु गर्नेछ । यस्तै मार्च २४ मा आयोजक माल्दिभ्स र मार्च २७ मा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । सेटर इमको नेतृत्वमा टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, कुलबहादुर थापा र दिल सुनार ओपन स्पाइकर छन् ।

यस्तै क्वीक स्पाइकरमा महेन्द्र श्रेष्ठ, भैरव बम र हरि अधिकारी रहेका छन् । साइड स्पाइकरमा नरेन्द्र गिरी, राजकुमार निरौला छन् भने सेटरमा दुर्गाप्रसाद महतो र लिबेरोमा ईश्वर थापा मगर छन् । टोलीमा चार खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यसमा ओपन स्पाइकर दिल सुनार, क्वीक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र साइड स्पाइकर राजकुमार निरौला छन् । दिल, हरि, दुर्गा नेपाल आर्मीका खेलाडी हुन् भने राजकुमार एपिएफका खेलाडी हुन् ।

वीरेन्द्र चौधरी टोलीका मुख्य र जगदिश भट्ट सहायक प्रशिक्षक रहेका छन् । टोलीका व्यवस्थापकमा नेपाल भलिबल संघका सचिव डम्बरबहादुर नेपाली रहेका छन् । टोलीसँगै अन्तर्राष्ट्रिय रेफ्री क्यान्टिडेट चन्द्रा बदना राई टोलीसँगै जानेछिन् । चौथो पटक आयोजना भएको सेन्ट्रेल जोनमा नेपालको यो दोस्रो सहभागिता हो । बंगलादेशमा आयोजना भएको पछिल्ला दुई संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो ।

v22
अब होटलमा विदाई हुँदैन – मन्त्री श्रीपाली
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले अब आफु कुनै पनि टोलीको विदाईका लागि होटल नजाने बताएका छन् । सेन्ट्रल जोनमा जाने भलिबल टोलीको विदाई कार्यक्रममा उनले भने,‘ अब कुनै पनि होटलमा गएर म टोलीको विदाई गर्दिन । अब यस्ता टोलीलाई म मन्त्रालयबाटै विदाई गर्छु । त्यसो हुँदा सरकारले तपाईहरुको सहभागितालाई मान्यता दिएको अर्थ लाग्नेछ ।’

नाम नलिन मन्त्री श्रीपाली घुमारो पारामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टको कार्यशैलीको आलोचना पनि गरे । ‘मैले सुरुआतबाट खेललाई गतिशिल बनाउन र प्रभावकारी बनाउन कार्यनीतिहरु माग गरिरहेको छु,’ उनले भने,‘ तर सम्बन्धित निकायबाट केही काम भएको छैन ।’

भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले यो बर्ष नेपाली महिला र पुरुष टोलीले तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदा पनि सरकारको लगानी नहुनु दुःखद भएको बताए । संघका महासचिव जितेन्द्रबहादुर चन्दले सरकारले टोलीको सहभागितामा आधा मात्रै खर्च गरिदिए पनि संघ खुसी हुने बताए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.