9 years ago
March 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत मंगलबार पार-७२ गोकर्ण गल्फ क्लबमा भएको पहिलो दिनको खेलमा हृदेश कुमार सिंहले अग्रता लिएका छन्। १ अन्डर ७१को स्कोर बनाएका हृदेशले दोश्रो स्थानमा रहेका शिव कुमार माझी र टाशी दोङभन्दा १ स्ट्रोक कम खेलेका छन्।

टाशी छिरिङ १ ओभर ७३ जोड्दै चौथो स्थानमा छन् भने पाँचौ स्थानमा रहेका शुक्र बहादुर राई र वाङचेन धन्दुपको २ ओभर ७४को स्कोर रहेको छ। पृथ्वी मल्लले ३ ओभर ७५को स्कोर बनाएका छन् भने टंक बहादुर कार्की, तेन्जिङ छिरिङ र भुटानका सेन्द्रा दोर्जीले ४ ओभर ७६को स्कोर जोडे।
बंगलादेशका मोहम्मद शाह आलम र मोहम्मद सोमरात सिक्दार संगै सुन्दर राई ५ ओभर ७७मा खेलिरहेका छन्।
टिम इभेन्टमा भने नेपाल ‘बि’ को प्रतिनिधित्व गरिरहेका शिव कुमार माझी (७२) र शुक्र बहादुर राई (७४)को जोडी १४६ स्कोर लिएर शिर्ष स्थानमा रहेको छ। टंक बहादुर कार्की(७६) र तेन्जीङ छिरिङ(७६) को जोडी रहेको नेपाल ‘ए’ १५२ अंकसंगै दोश्रो स्थानमा छ।
तेश्रो स्थानमा १५४ अंक जोडेको बंगलादेश [मोहम्मद शाह आलम (७७) र मोहम्मद शोमरात सिक्दर (७७)], चौथोमा १८६ अंक जोडेको भुटान ‘ए’ र पाँचौमा १८७ अंकसहित भुटान ‘बि’ रहेको छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]