default_image

9 years ago

March 27, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल कीर्तिस्तानसँग पराजित

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एभिसि सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा कीर्तिस्तानसँग पराजित भएको छ । मालेस्थित स्टेडियममा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३–१ को सेटमा पराजित भएको हो ।

volleyball-male

पहिलो सेट भने नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछिका तीनै सेटमा नेपालले निराशजनक प्रदर्शन ग¥यो । पछिल्ला तीन सेट नेपालले १३–२५, १५–२५ र ११–२५ ले गुमाएको थियो ।

लिग चरणको खेलमा पराजित भएपनि नेपालले मंगलबार कीर्तिस्तानसँगै फाइनल प्रवेशका लागि प्ले अफ खेल्नेछ । प्ले अफ विजेताले तुर्किमिनिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्ले अफमा पराजित हुने टोलीले कास्य पदक जित्ने भएकोले नेपालले कम्तीमा पदक प्राप्त गर्ने निश्चित छ । लगातार तीन खेल जित्दै तुर्किमिनिस्तान पुगेको थियो भने तीनै खेलमा पराजित भएको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.