default_image

7 years ago

April 16, 2017

विवादित खेल जित्दै आर्मी लिग भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विवादित खेलमा हेल्प नेपाललाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो आरबिबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आइतबार भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–२ ले हराएको थियो । आर्मी २५–२३, १९–२५, २५–२१, […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विवादित खेलमा हेल्प नेपाललाई हराउँदै त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो आरबिबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आइतबार भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–२ ले हराएको थियो । आर्मी २५–२३, १९–२५, २५–२१, २०–२५ र १७–१५ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

आर्मीले पाधिको लागि सोमबार अर्को विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस लिगमा अपराजित एक्लो टिम हो । २–२ सेटको बराबरीपछि अन्तिम सेटमा विवाद भएपछि हेल्प नेपालले केही समय खेल बहिस्कार गरेको थियो ।

निर्णायक सेटको खेलमा आर्मीले १२–१० ले अग्रता बनाइरहेको अवस्थामा मुख्य रेफ्री कपिल जिसीले आफ्नो विरुद्ध निर्णय दिएको भन्दै हेल्प नेपालले खेल बहिस्कार गरेको थियो । हेल्प नेपालका खेलाडीको स्पाइक आर्मीका खेलाडीलाई टच भएको बललाई आउट दिएपछि विवाद सिर्जना भएको थियो । विवाद मिलेपछि पुनः खेल सुरु भएपछि आर्मी १७–१५ विजयी हुँदै फाइनल पुगेको हो ।

खेलको सुरुआतबाट प्रतिस्पर्धात्मक बनेको थियो । आर्मीले हेल्प नेपाललाई १८–२२ को स्थितिमा रोक्दै पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने हेल्प नेपालले २५–१९ ले जित्दै खेलमा फर्कने संकेत दियो । तर, तेस्रो सेट पुन आर्मीले २५–२१ ले जित्यो । चौथो सेट हेल्प नेपालले २०–२५ ले आफ्नो पक्षमा पारेपछि खेल थप रोमाञ्चक बनेको थियो ।
लिग च्याम्पियनसिपको महिलातर्फको खेलमा भने न्यु डायमण्ड र नेपाल एपिएफबीच प्रतिस्पर्धा हुनेछ । लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोर्टस क्लबको सहभागिता रहेको छ । लिगको दुवै तर्फको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

April 25, 2024

अधिकारिक जर्सी नक्कल नगर्न केल्मीको सूचना

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न सूचना जारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.