default_image

9 years ago

May 11, 2017

विश्व च्याम्पियनसिप तयारीमा व्यस्त टेबल टेनिस

289 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा आगामी मे २९ देखि जुन ५ सम्म हुने विश्व टेबल टेनिस च्याम्पियनसिपको तयारीमा नेपालका ४ खेलाडी व्यस्त छन्।

लैनचौरस्थित नेपाल टेबल टेनिस संघको कभर्ड हलमा अहिले २ पुरुष र २ महिला टेबल टेनिस खेलाडी विश्व च्याम्पियनसिपको तयारीमा जुटेका छन्। पुरुष तर्फ शिव सुन्दर गोठे र अमर लाल मल्ल छनोट प्रतियोगिताबाट जर्मनी जाने टोलीमा परेका हुन् भने महिला तर्फ नविता श्रेष्ठ र स्वेच्छा नेम्वाङ्गले सहभागिता जनाउनेछन्।

तयारीका केहि तस्बिरहरु हेर्नुहोस:

अमर लाल मल्ल

नविता श्रेष्ठ

शिव सुन्दर गोठे

स्वेच्छा नेम्वाङ्ग

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.