8 years ago
July 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् ।
कोरियाको छुनछुन सहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमुह अन्र्तगत के–५५ विधामा रन्जना धामीले कास्य पदक जितेकी हुन् ।
तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरका अनुसार रन्जना सेमीफाइनलमा मंगोलियाकी खुरेलबातर इन्खतुया सँग १४–६ ले पराजित भएपछि कास्य पदकमा सिमित भएकी थिइन् । खुरेलबातर स्वर्ण जित्नुका साथै च्याम्पियनसिपको बेस्ट फाइटरको उपाधि जितेकी थिइन् ।
पुरुषको ७५ तौल अन्तर्गत के–४२ विधामा रोहित राई क्वाटरफाइनलमा इरानका जफर्जादेह महमोदसँग पराजित भएपछि पदक विहिन भए । त्यसअघि रोहितले कोरियाका जाङ योन यो लाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका थिए ।
महिलाको ५८ केजी तौलसमुहको के–४४ मा नेपालकी पलेसा गोवर्धन टर्कीकी अनुभवी खेलाडी गुलदल गाम्जीसँग पराजित भइन् । छुनछुन कोरिया ओपन आइतबारबाट सुरु हुने टोलीका व्यवस्थापक दीपक विष्टले जानकारी दिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]