8 years ago
July 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक म्याट भान विजल नेपाल आइपुगेका छन् । आज विहान त्रिभुवन विमानस्थलमा उनलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरेका छन् ।

झन्डै एक महिनाको नेपाल बसाईका क्रममा विजलले पुरुष राष्ट्रिय टोली तथा पाँच स्कुलका भलिबल खेलाडीहरु प्रशिक्षण दिने संघले जनाएको छ । विजलको प्रशिक्षणपछि नेपालले अर्को महिना बंगलादेशसँग घरेलु कोर्टमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने यसअघि नै तय भइसकेको छ ।
नेपाल र बंगलादेशबीच भदौ पहिलो साता मैत्रीपूर्ण खेल हुनेछ । प्रशिक्षक विजल अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को सहयोगमा नेपाल आएका हुन्् । उनीसँगै एफआइभिबीका विकास सदस्य तथा नेदरल्यान्ड्सका भलिबल संघका विकास व्यवस्थापक पिटर भान तरेल पनि नेपाल आएका छन् ।
वजलको भ्रमणको व्यवस्थापन नेदरल्यान्ड्स भलिबल संघले गरेको हो भने उनको पारिश्रमिक एफआइभिबीले बेहोर्नेछ । उनको नेपाल बसाईको आन्तरिक व्यवस्थापन भने नेपाल भलिबल संघले गर्ने बताइएको छ । संघले आजै साझ प्रशिक्षक र नेदरल्यान्ड्सका भलिबल संघका विकास व्यवस्थापकको स्वागतमा कार्यक्रम राखेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]