8 years ago
July 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमा पहिलोपटक उमेर समूहको महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघ अन्र्तगतको नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा आगमी कात्तिकमा पहिलोपटक उमेर समूहको यु–१८ महिला तथा तथा पुरुष राष्ट्रिय प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगमी कात्तिक १२ गतेदेखि १८ गतेसम्म काठमाडौंमा हुनेछ ।

नेपाल विद्यालय भलिबल कमिसनले माल्दिभ्समा गत मार्चमा सम्पन्न तेस्रो एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हात पार्न सफल खेलाडी तथा प्रशिक्षक सम्मान पछि ।
पहिलोपटक हुन लागेको उमेर समूहको दुवै विजेता टिमले समान १ लाख रुपैया प्राप्त गर्नेछ । यस्तै उपविजेताले ६० हजार र तेस्रो हुने टिमले ३५ हजार रुपैया प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीले समान ५ हजार पाउनेछ । व्यक्तिगत विधा स्पाइकर, सेटर, ब्लकर, सर्भ र डिफेन्सले समान तीन–तीन हजार प्राप्त गर्नेछ ।
भलिबल संघले नै अहिलेसम्म गर्न नसकेको उमेर समूहको प्रतियोगिता गर्न विद्यालय कमिसन सक्षम छ त ? भन्ने जिज्ञासामा विद्यालय कमिसनका अध्यक्ष राम बहादुर केसीले विद्यालय कमिसनसँग प्याब्सन र एन प्याब्सनमा आबद्ध निजी विद्यालय चलाएका व्यक्तिहरुको साथले प्रतियोगिता गर्न कुनै समस्या नहुने बताए ।
‘हामीले उमेर समूहको प्रतियोगिता गराउने सोच विद्यालय कमिसन गठन भएदेखि नै सोच बनाएका थियौं ।’ अध्यक्ष केसीले भने, ‘करिब सात महिनाको गृहकार्य पछि हामी उमेर समूहको प्रतियोगिता गराउने निर्णयमा पुगेका छौं । यो नै नेपाली भलिबलको विकासमा टेवा पुग्न सक्छ ।’
नेपाल विद्यालय भलिबल कमिसनले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गर्दै पहिलो पटक उमेर समूहको प्रतियोगिता गर्न लागेको जानकारी गराए । विद्यालय कमिसनको वार्षिक कार्यक्रम अनुसार आगमी भदौं १० गते भलिबल महोत्सब, कात्र्तिकमा यु–१८ महिला पुरुष भलिबल प्रतियोगिता, मंसिरमा वार्षिक साधरण सभा र चैतमा अन्तर विद्यालय स्तरीय यु–१६ छात्र/छात्रा भलिबल प्रतियोगिता रहेको छ ।
यस्तै नेपाल भलिबल संघको समन्वयमा यु–१९ बिच भलिबल प्रतियोगिता, यु–१६ र यु–१८ को अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण भलिब प्रतियोगिता, यु–१६ र यु–१८ को महिला तथा पुरुष राष्ट्रिय टिमको तयारी र टिमलाई होस्टलसहित प्रशिक्षणको व्यवस्था वार्षिक क्यालेन्डरमा उल्लेख छ । यस्तै विद्यालय भलिबल कमिसनको संगठन विस्तार र नेपाल भलिबल संघले आयोजना गर्ने सबै प्रतियोगिताहरुमा सहयो गर्ने पनि विद्यालय कमिसनले वार्षिक क्यालेन्डरमा उल्लेख छ ।
वार्षिक क्यालेन्डर सार्वजनिक गरेकै अवसरमा नेपाल विद्यालय भलिबल कमिसनले माल्दिभ्समा गत मार्चमा सम्पन्न तेस्रो एभसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हात पार्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मानित गरेको छ । कमिसनले १२ सदस्यीय टोलीलाई एकमुष्ट रुपमा ४५ हजार नगदसहित प्रमाणपत्रले सम्मानित गरेको हो । यस्तै कमिसनले १३ सदस्यीय काठमाडौं जिल्ला कमिसनको समेत घोषणा गरेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]