default_image

10 years ago

November 20, 2015

माइती नेपाललाई सय तेक्वान्दो म्याट

193 views

0 Bookmark

भूकम्प पीडितको सहयोगार्थ अमेरिकाको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्डो च्याम्पियनसिप (आईओएफटीसी) ले स्थापना गरेको नेप्लिज रिबिल्डले माइती नेपाल तेक्वान्दो डोजाङका खेलाडीलाई करिब २ लाख मूल्य बराबरको १ सय थान म्याट उपलब्ध गराउने भएको छ ।

5युएस वल्र्ड क्लासका ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी ९ वर्षिय ज्याकोबले रिब्लिडलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट म्याट खरिद गरी माइती नेपाललाई प्रदान गर्न लागिएको आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् । महर्जनका अनुसार ज्याकोब स्वयंले सहयोग जुटाएर रिबिल्डलाई रकम हस्तान्तरण गरेका थिए ।

‘ज्याकोबले आफूले उपलब्ध गराएको सहयोग तेक्वान्दो खेलाडीका लागि प्रयोग होस् भन्ने चाहना व्यक्त गरेका थिए ।’– महर्जनले भने ‘उनकै चाहना अनुसार हामीले मानव बेचविखन विरुद्धको अभियानमा सक्रिए माइती नेपालका तेक्वान्दो खेलाडीलाई म्याट दिन लागेका हौं । बााकी रकम बराबरको सहयोग रक्षा तेक्वान्दो डोजाङका खेलाडीलाई दिने सोचमा छौं । उनले नाकामा म्याट रोकिएको र नाका खुल्ना साथ म्याट उपलब्ध गराउने जानकारी दिए ।

महर्जनसहित आईओएफटीसीकी महासचिव करेन ब्ल्यकलेजले माइती नेपाल र रक्षा तेक्वान्दो डोजाङको समेत अवलोकन गरेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.