default_image

10 years ago

November 21, 2015

आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

210 views

0 Bookmark

काठमाडौं, मंसिर ५ गते ।

अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी शनिबार छनोट भएका छन् ।

आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन         (युयुएनटीएफ), नेपालद्वारा संयुक्त आयोजित प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ महिला गरी ५ खेलाडी सन् २०१६ को अक्टोबरमा हुने आईओएफटीसीका लागि छनोट भएका हुन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पुरुष ८० केजीमुनि रोजिन सिंह, ७८ केजीमुनि प्रेमबहादुर नेपाली तथा ५८ केजीमुनि माधव तिमिल्सिना छनोट भए । ग्रान्ड फिनालेमा रोजिनले रोशन तामाङ, प्रेमले अशोक सारु मगर र माधवले राजेश चौधरीलाई पराजित गरे ।

त्यस्तै महिलाको ४९ केजीमा पार्वती मगर र ५७ केजीमा रञ्जना थापा छानिए । ग्रान्ड फिनालेमा पार्वतीले निशा दर्नाल र रञ्जनाले सोनी घलानलाई हराए ।

पुरुषमा माधव तिमिल्सिना र महिलामा रञ्जना थापा उत्कृष्ट खेलाडी चुनिदै समान १५–१५ हजार नगदबाट पुरस्कृत भए । बाबुराजा ब्यञ्जन्कार उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले १० हजार नगद पुरस्कार हात पारे ।

ग्रान्ड फिनालेको प्रत्येक तौलसमूहमा उपविजेता बनेका रोशन, अशोक, राजेश, निशा र सोनीले समान १०–१० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, आईओएफटीसीकी महासचिव करेन व्ल्याकलेज, आयोजक समितिका संयोजक अष्टबहादुर महर्जन र सल्लाहकार राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.