default_image

7 years ago

August 11, 2017

‘मेरो ब्वाईफ्रेण्ड छ जस्तो लाग्छ र ?’ – भलिबलकी प्रतिभासँगको १२–२७ कुरा

काठमाडौं– नाम जस्तै प्रतिभा भएकी प्रतिभा माली भलिबललाई पछ्याउने जो कोहीले चिन्ने नाम हो । पछिल्लो केही बर्षयताको कुनै पनि भलिबल प्रतियोगिता यस्तो छैन, जहाँ प्रतिभाको चर्चा नभएको होस् । उनले हरेक जसो प्रतियोगितामा कुनै न कुनै व्यक्तिगत उपाधि जितेकी नै हुन्छिन् । भलिबलमा मुख्यतः विभागिय टोली (सेना, प्रहरी र एपिएफ) कै बढी दबदबा रहने […]

51 views

0 Bookmark

काठमाडौं– नाम जस्तै प्रतिभा भएकी प्रतिभा माली भलिबललाई पछ्याउने जो कोहीले चिन्ने नाम हो । पछिल्लो केही बर्षयताको कुनै पनि भलिबल प्रतियोगिता यस्तो छैन, जहाँ प्रतिभाको चर्चा नभएको होस् । उनले हरेक जसो प्रतियोगितामा कुनै न कुनै व्यक्तिगत उपाधि जितेकी नै हुन्छिन् ।

भलिबलमा मुख्यतः विभागिय टोली (सेना, प्रहरी र एपिएफ) कै बढी दबदबा रहने गरेको छ । तर, ती विभागिय टोलीलाई कडा चुनौति दिने र हराउने क्षमता भने राख्ने टोली भनेको प्रतिभा सम्मिलित न्यू डाइमन्ड क्लब नै हो । भलिबलका धेरै प्रतियोगितामा अहिले न्यू डाइमन्ड र एपिएफकै फाइनल हुने गरको छ । त्यसमा कहिले न्यू डाइमन्ड त कहिले एपिएफले जित्ने गरेका छन् ।

यसै बर्ष एसइइ उर्तिण गरेकी नैकापकी प्रतिभा गत बर्ष व्यसायिक भलिबल खेल्न माल्दिभ्स पनि पुगेकी थिइन् । उनले त्यहाँको टोलीलाई जित दिलाउँदा हरेक खेलमा प्लेयर अफ दी म्याचको उपाधि जितेकी थिइन् । राष्ट्रिय महिला टोलीमा पनि उनी पहिलो रोजाइकी खेलाडी हुन् । सानै उमेरमा राष्ट्रिय टोलीमा पर्दै भलिबल समर्थकका बीचमा लोकप्रिय १६ वर्षे प्रतिभा मेहनत र सबैको हौसलाकै कारण यहाँ सम्म पुग्न सकेको बताउँछिन् ।

न्यू डाइमन्ड क्लब विशेष महिला भलिबल खेलाडी उत्पादनका लागि परिचित नाम हो । यसअघि चर्चामा रहेकी रमिला तन्डुकार पनि न्यू डाइमन्डकै उत्पादन हुन् । त्यहि लोकप्रियताका कारण प्रतिभा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको गत बर्ष पिपल्स च्वाइस अवार्डमा मनोनयनमा परेकी थिइन् ।

प्रतिभा युवा पुस्तामा लोकप्रिय बन्दै गएको र उनको खेल कौशलपनि अन्यको भन्दा विशेष रहेको बताइन्छ । उनलाई हालै मात्र खेल पोशाक उत्पादक कम्पनी  साहस स्पोर्टस कम्पनीले एक बर्षको लागि ब्रान्ड एम्बासडर घोषणा गरेको छ । उनले एम्बासडर रहे वापत सहास स्पोर्टसबाट मासिक १० हजार रुपैयाँ प्राप्त गर्छिन् । भविष्यमा जुन सुकै पेशामा गएपनि नेपालको भलिबलसँग कुनै न कुनै रुपमा जोडिराख्ने उनको योजना छ । खेल र अध्ययनलाई उत्तिकै महत्व दिने प्रतिभासँग हाम्रो खेलकुद डटकमका दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा ।

१.कहिलेबाट खेल्न सुरु गर्नु भयो ?
– ७ वर्षको उमेरमा २ कक्षा पढ्दा देखि खेल्न थालेकी हु ।

२. पहिलोपटक पदक जित्दा कस्तो महसुस भयो ?
– म ६/७ कक्षा पढ्दा नै स्कुल लेभलको प्रतियोगिता जित्न थालेकी हु । जित्दा एकदमै खुसी लाग्थ्यो । मेडल लिदै दंग पर्थे । झन् स्वर्ण पदक जित्दा त खुसीको सिमा नै हुन्नथ्यो । भलिबल खेलेर अहिलेको अवस्थामा आइपुग्न सकिन्छ भन्ने निकै पछि मात्र थाहा पाएकी थिए ।

३. भलिबलमा कसरी लाग्नु भयो ?
– कोच कुमार राई र मेरो सानो ममी ( भलिबल संघकी कोषाध्यक्ष सुन केशरी माली) ले मलाई भलिबलमा लाग्न हौसाउनु भयो । मलाई कोचले सुरुवातकै दिनबाट तिम्रो शारीरिक बनावोट ठूलो छ, निरन्तर खेल्यौं भने राम्रो गर्न सक्छौ भनेर हौसाउँनु भएको थियो ।

४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मुल्य ?
– डिजायर ८२५, मूल्य रु.१९ हजार

५. कुन बाइक चढ्नु हुन्छ र मुल्य ?
– अहिलेसम्म खेलेर ४ वटा स्कुटर जितेको छु । तर,चलाउन पाएको छैन ।

६. बार्षिक कति कमाउनु हुन्छ?
– निरन्तर आम्दानीको स्रोत छैन, कहिले काहिँ सम्मान पाउछु । अहिले सहास स्पोर्टसबाट बार्षिक १ लाख २० हजार रुपैयाँको सम्झौत गरेकी छु ।

साहस स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपानेसँग प्रतिभा

७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला ?
– अरु सामान्य केटीहरु जस्तै हुन्थे होला । साथीसंग घुम्न जाने, सपिंङ गर्ने , रमाइलो गर्ने त्यस्तै होला । पढाईमा मात्र ध्यान केन्द्रित गर्न पनि सक्थे ।

८. शैक्षिक योग्यता कति छ?
– कक्षा ११मा पढ्दै छु ।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पटक हरेको फिल्म ?
– एनिमेटेड कार्टुन धेरै हेर्छु । फिल्म खासै हेर्दिन, पछिल्लो पटक एनिमेटेड कार्टुन मोहना हेरकी थिए ।

१०. सबै भन्दा मन पर्ने नायक र नायिका ?
– मन पर्ने नै छैन, धेरै फिल्म नै हेर्दिन ।

११. सबैभन्दा मन पर्ने गायक र गायिका ?
–वान डिरेकसन, केटि पेरी ।

१२. सबैभन्दा धेरै पटक सुनेको गीत ?
– आनी छोइंगको शान्ति लुकाउ कहाँ ।

१३. सिंगल हुनुहुन्छ ?
– मिल्ने केटा साथीहरु छन् । तर ब्वाईफ्रेण्ड छैन। मेरो ब्वाईफ्रेण्ड छ जस्तो लाग्छ र ?

१४. किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पटक पढेको किताब ?
– पढ्ने बानी खास छैन । ३/४ बर्ष अगाडी ट्वाइलाइट सिरिज पढ्न सुरु गरेको थिए तर पुरै पढेर भ्याइन ।

१५. अहिलेसम्म कति देश घुम्नु भयो ? सबैभन्दा मन परेको देश?
– ४ वटा देश घुमे । सबै भन्दा रमाइलो कतार लाग्यो, घुम्नको लागि नै गएको थिए ।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ?
– पोखरा र नैकाप ।

१७. सबैभन्दा मनपर्ने खानेकुरा?
– नियमित खाने सबै खानेकुरा मनपर्छ । मन नपर्ने खाने कुरा नै छैन । सबैभन्दा मनपर्ने आलु ।

१८. खाना बनाउनु हुन्छ ? आफैले पकाएको सबैभन्दा मिठो के लाग्छ ?
– सधै चाहिँ पकाउन भ्याउदिन, मैले पकाएको दाल भात सबै जनाले ईन्जोय गरेर खानु हुन्छ, खुसी लाग्छ ।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउँछ ?
– फेसबुकको म्यासेन्जर धेरै चलाउँछु । प्रस्तावहरु आईरहेको हुन्छ । तर समय भएको छैन भनेर टारदिन्छु । मलाई अहिलेको प्रेम आकर्षण मात्र हो जस्तो लाग्छ । आज लभ केहि समयमै ब्रेक–अप ।

२०. पहिलो कमाई के गर्नु भयो ?
– दुई कक्षमा हुँदा ब्लू डाईमन्डले आयोजना गरेको प्रतियोगिता खेसिकेपछि सानोममी जो स्कुल व्यवस्थापन समितिमा पनि हुनुहुन्छ, उहाँले ५ सय रुपैयाँ दिनु भएको थियो । त्यो पैसा ममीलाई गलेर दिएकी थिए ।

२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण ?
– पोखराको लामा चौरमा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता जित्दा निकै खुसि लागेको थियो । पहिला पनि प्रतियोगिताहरु जितिन्थ्यो तर मेरो भूमिका खासै हुदैन थियो । त्यो प्रतियोगितामा सिनियर खेलाडी रमिला दिदि र मनीषा दिदि हुनुहुन्थ्यो । तर पनि फाइनलको अन्तिम सेटमा गएर हामी एपिएफलाई हराउन सफल भएका थियौं ।

२२. फुर्सदको समयमा के गर्नु हुन्छ ?
– फुर्सद नै हुदैन । धेरै सयम कलेज, ट्रेनिंङ, होमवर्कमै जान्छ ।

२३. आफुले चाहेर पनि गर्न नसकेको काम ?
– साथीहरु संग घुम्न जान पाएको छैन । तर मलाई खेल्न रमाइलो लाग्ने भएर होला म ट्रेनिङको बेलामा साथीहरु संग जिस्किदा पनि सबै कुरा बिर्सिन्छु । अहिलेसम्म केहि कुरा मिस भने भएको छैन ।

२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि र आशालाग्दो खेलाडी?
– कृपा अधिकारी । हामी न्यु डाइमन्डबाट पनि सँगै खेल्छौं। रिया कुँवर उनि एनडिएबाट खेल्छिन् ।

२५. सबैभन्दा मनपर्ने बिदेशी टोली र खेलाडी ?
– ब्राजिल र खेलाडीमा नेदरल्यान्ड्सकी सलेस्टी पार्क

२६. तपाईको नजरमा भलिबलको विकास कसरी होला ?
– टेक्निकल पक्षमा हामी निकै पछाडि छौ । राम्रो खल्ने टोलीको १० प्रतिशत पनि छैन हाम्रो खेल स्तर । हाम्रो खेल निकै तल्लो स्तरको छ । हाम्रो खेलकुद वातावरण खेल अनुकुल छैन । अरु धेरै पक्ष छन् जसमा सुधार गर्न जरुरी छ ।

२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
– तपाईहरुको सुझाब म सधै लिन्छु सकारात्मक र नकारात्मक दुवै रुपमा राम्रो भनिदिदा हौसाल मिल्छ । नराम्रो भन्दा किन त्यसो भन्नु भयो भनेर सुधार गर्न तिर लाग्छु ।

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

Success

Thank you for your time.