10 years ago
December 12, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्यसबाट समान ५–५ पुरुष/महिला गरी १० खेलाडी छनोट भएका छन् ।
पुरुष/महलिामा समान १३–१३ जनाबीच भएको राउन्ड रोविन लिगमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । छनोट हुने दसै खेलाडी कुनै न कुनै विभागीय टोलीमा आबद्ध छन् ।
आयोजक अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टिम तयारीमा रहेका समान ५–५ पुरुष/महिला खेलाडी बाहेकाको पहिले छुट्टै खुला प्रतिस्पर्धा गराएको थियो । त्यसमा शीर्ष ८–८ स्थान हात पार्ने पुरुष/महिला खेलाडी अन्तिम चरणलाई छानिएका थिए । उनीहरुसहित राष्ट्रिय टिमका खेलाडी सहभागी गराइ १३ जनाबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराइएको थियो ।
पुरुषमा एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य, नेपाल प्रहरीका दीप साउन, तथा एपीएफका शिवसुन्दर गोथे, अमरलाल मल्ल र चन्दन साही शीर्ष पााच स्थानमा रहादै छनोट हुन सफल भए ।
महिलामा प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, नेपाल आर्मीकी रविना महर्जन, एपीएफकी सेलिशा खड्गी र प्रहरीकी एरिका महर्जन क्रमश: पहिलोदेखि पााचौं स्थान हासिल गर्दै छनोट भए । एलिना र एरिका नविताका नन्द हुन् । सागको टेबलटेनिसमा नेपालले पुरुष/महिलाको सिंगल्स, डबल्स, टिम र मिक्स गरी ७ स्पर्धामा सहभागिता जनाउने टेबलटेनिस संघले जनाएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]