default_image

10 years ago

December 13, 2015

दान, किशोर, पुरन र भूपेन्द्र सेमिफाइनलमा

242 views

0 Bookmark

नेपाल आर्मी क्लब ‘ए’ का दानबहादुर दर्लामी, नक्साल ‘ए’ का किशोर शर्मा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब ‘ए’ का पुरन राई र नेपाल प्रहरी क्लब ‘ए’ का भूपेन्द्र थापा भारतमा हुने १२ अ‍ैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

boxing

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको पुरुष ६० केजीमा दानले नक्साल ‘बी’ का युवराज कार्की, किशोरले ललितपुर ‘बी’ का दीपेश शर्मा, पुरनले ललितपुर ‘ए’ का समिर गुरुङ तथा भूपेन्द्रले आर्मी ‘बी’ का नेरेश देवानलाई पराजित गरे ।

पुरुष ४९ केजीमा नक्साल ‘बी’ का मदनकृष्ण डंगोलले रोल्पाका चन्द्रबहादुर थापा, बाजुराका गणेश बोहराले एपीएफ ‘बी’ का आश तामाङ तथा नक्साल ‘ए’ सुशील थापाले ललितपुर ‘ए’ का तेजु पुन मगरलाई हराउदै सेमिफाइनलमा स्थान बनाए । ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरीले एपीएफ ‘ए’ का विक्रम परियार, सुनसरीका सुलभराज तुलाधरले प्रहरी ‘ए’ का रुद्र हमाल, नक्साल ‘ए’ शक्ति लामाले नक्साल ‘बी’ का गणेश थापा तथा आर्मी ‘बी’ का सुवास विकले रोल्पाका हरिबहादुर सुनारलाई पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५६ केजीमा एपीएफ ‘ए’ का दिनेश चन्दले नक्साल ‘बी’ प्रज्ज्वन पराजुली तथा आर्मी ‘बी’ का विमल रोका मगरले नक्साल ‘ए’ का सुदीप लामालाई पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ६४ केजीमा आर्मी ‘ए’ का दीपक श्रेष्ठले प्रहरी ‘ए’ का सुमन लामा, रुपन्देहीका यादव थापाले रोल्पाका विपिन रोका मगर, नक्साल ‘ए’ का निवास तण्डुकारले ललितपुर ‘ए’ का अनुज भण्डारी तथा आर्मी ‘बी’ का सुरेश नेपालीले एपीएफ ‘ए’ सुमन लामालाई निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ६९ केजीमा आर्मीका विष्णुप्रसाद आर्मी ‘ए’ का विष्णुप्रसाद घलेले आर्मी ‘बी’ का सन्दिप बेन्जो तथा ७५ केजीमा आर्मी ‘ए’ का दीपेश लामाले एपीएफ ‘बी’ का अमर विष्टलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश पाए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.