8 years ago
October 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतको दिल्लीमा जारी विश्व पावर लिफ्टिङमा प्रतियोगितामा नेपाले दोहोरो सफलता हात पारेको छ । प्रतियोगितामा सहभागी बाबु छोरा दुवैले पदक जितेका छन् ।
बाबु ज्ञानेन्द्र नकर्मीले मास्टर तर्फ रजत पदक हात पारेका छन् भने उनका छोरा छोरा रोजिनले सव जुनियर (१९ बर्ष मुनि) कास्य पदक जितेका छन् ।
अब ९० केजी तौलमा प्रतिस्पर्धा गरेका बुद्धिजंग कार्की र ७५ केजीका प्रकाश केसीको नतिजा बेलुका प्राप्त हुने टोली नेता समेत रहेका ज्ञानेन्द्र नकर्मीले जानकारी गराए । यसअघि सन् २०१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक जितेको थियो ।
विश्व पावर लिफ्टिङमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहंदै आएको छ । २०१४ मा दिल्लीमा नै भएको सोही प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए ।
यस्तै २०१५ मा केरेलामा भएको प्रतियोगितामा ज्ञान नारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कास्य पदक जितेका थिए । ४ सदस्यीय टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्न कार्तिक ५ गते दिल्ली गएको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]