default_image

8 years ago

December 9, 2017

श्यान्टु र नवितालाई टेबल टेनिस उपाधि

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । श्यान्टु र नविता दुवै राष्ट्रिय च्याम्पियन पनि हुन् ।

हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबल टेनिस प्रतियोगिताका दौरान श्यान्टु श्रेष्ठ (बायाँ) र नविता श्रेष्ठ । तस्बिर – विवेक सुवेदी/हाम्रो खेलकुद डटकम

 लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आज भएको फाइनलमा श्यान्टुले प दुई पटकका पूर्व च्याम्पियन आफ्नै क्लबका दीप साउनलाई  ७–११, १३–११, ११–३, ११–९ र ११–९ ले हराएका थिए । श्यान्टुले सानै उमेरदेखि नविताबाट टेबलटेनिस प्रशिक्षण लिदै आएका छन् ।

२०७२ मा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबलटेनिसमा तीन पटकका पूर्व राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेलाई हराउदै श्यान्टु पहिलो सहभागितामै च्याम्पियन बनेका थिए । १६ वर्षमा राष्ट्रिय च्याम्पिययन बन्ने श्यान्टु नेपाली टेबल टेसनसमा पहिलो खेलाडी हुन् । यसपटक अपराजित रहेका श्यान्टुले फाइनल प्रवेशका छनोट चरणमा एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्यलाई ४–१ ले हराएका थिए ।

सुपर लिगमा श्यान्टु पहिलो र पुरुषोत्तम दोश्रो भएका थिए । हारका बावजुद राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका दुई पटकका ‘फाइनलिस्ट’ पुरुषोत्तमसंग फाइनल पुग्ने एक अवसर बाँकी नै थियो । त्यसमा पनि पुरुषोत्तम दीपसंग ४–१ ले चुके । सुपर लिगमा तेश्रो भएका दीपले चौथो भएका एपीएफका शिवलाई एलिमिनेटर राउन्डमा ४–१ ले हराए । पुरुषोत्तमले तेश्रो स्थान प्राप्त गरे ।

महिलातर्फ नविताले नन्द एलिना महर्जनलाई चुनौती ११–९, ११–७, १०–१२, ११–९ र ११–८ को सेटले हराइन् । प्रतियोगितामा एक खेलमा पराजय भोगेकी नविताले पहिलो क्वालिफायर राउन्डमा सुपर लिगमा दोश्रो भएकी नेपाल आर्मीकी स्वेच्छा नेम्वाङमाथि ४–१ को जित निकाल्दै अन्तिम दुईमा स्थान बनाइकी थिइन् ।

सुपर लिगमा अपराजित रहँदै पहिलो भएकी नविता समूह चरणको खेलमा आर्मी दीक्षा तामाङसंग पराजित भएकी थिइन् । सुपर लिगमा तेश्रो भएकी दीक्षा र चौथो भएकी एलिनाबीचको एलिमिनेटर राउन्डमा एलिना ४–१ ले विजयी भइन् । त्यो जितसंगै एलिनाले फाइनलमा स्थान बनाउन स्वेच्छासंग फेरि क्वालिफायर राउन्ड खेल्नु पर्ने थियो । त्यसमा एलिनाले ४–१ ले बाजी मारिन् । स्वेच्छा तेश्रो भइन् । महिला र पुरुष दुवै विजेताले २५, दोस्रो हुनेले १५ र तेस्रो १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

संयोग र दीक्षा यु १६ च्याम्पियन 

प्रतियोगिताको यु१६ सिंगल्सको ब्वाइजमा एपीएफका संयोग कपाली र गल्र्समा आर्मीकी दीक्षा दाहाल विजयी भएकी थिइन् । ब्वाइज फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई १३–१५, १३–११, ११–६, ११–९, ६–११ र ११–८ ले पराजित गरे । याला स्पिनका डिकेन महर्जनले आर्मीका बोधित केसीलाई ४–३ ले हराउदै तेश्रो बने ।

दीक्षाले वज्र युनियनकी स्मृति पन्तमाथि ११–७, ११–८, ११–७ र ११–७ को जित रचिन् । तेश्रो स्थानका लागि भएको खेलमा एपीएफकी अन्जु सुवालले पिङपोङ सुपरस्टारकी मारिया थापा मगरलाई ४–१ ले सहजै हराइन् । ब्वाइज र गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा  अब मिक्स टिम इभेन्टको खेल बाँकी रहेको बताइएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.