8 years ago
December 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- नेपालका पुर्व नम्बर एक टेबल टेनिस खेलाडी अजय सुवालले आजबाट सुरु हुने युएस ओपनमा प्रतिस्पर्धा गर्दै छन्। सुवालले प्रतियोगिताको एमेचर तर्फ प्रतिस्पर्धा गर्न लागेका हुन्। प्रो विधामा विश्व बरियताका ६४ खेलाडीले मात्र प्रतिस्पर्धा गर्दछन्।
अध्ययनको सिलसिलामा हाल अस्ट्रेलियामा रहेका सुवालले उमेर समुहका खेलाडीहरुलाई प्रशिक्षण दिदै आएका छन् र प्रतियोगिताका लागि अगिल्लो महिना देखि तयारी गरिरहेका छन्।
अजयले पहिलो खेल आज राति नेपाली समय अनुसार १२:३० बजे खेल्दैछन्। लीग पद्दतिमा संचालन् हुने पहिलो चरणमा समुह ९ मा रहेका अजयले मार्क रोबर्ट, जी शान र अबेनोजारसँग खेल्ने छन्। एउटा समुहबाट एक खेलाडी मात्र अर्को चरणमा प्रवेश गर्नेछन्। प्रतियोगितामा ८०० खेलाडीको सहभागिता रहेको छ र बिजयी हुने खेलाडीले ५ हजार डलर प्राप्त गर्नेछन।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]