default_image

8 years ago

December 19, 2017

अजय युएस ओपनको पहिलो चरणबाट बाहिर

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका पूर्व नम्बर एक टेबल टेनिस खेलाडी अजय सुवाल युएस ओपन टेबल टेनिसको पहिलो चरणबाट बाहिरिएका छन् । प्रतियोगिताको एमेच्योरतर्फको चार खेलमध्ये दुई खेलमा जित हात पारेपनि गए राति अजय समूह दोस्रो हुँदै पहिलो चरणबाट बाहिरिएका हुन् । अजय रहेको समूहबाट लियाङ जिहान अघिल्लो चरण पुगेका छन् ।

पहिलो खेलमा एवेनोजर अल्बर्टलाई हराएका अजयले अर्को खेलमा रोबर्ट मार्कलाई पराजित गरे । तर, उनी अंकका आधारमा पछि परे । पहिलो चरणबाट बाहिरिएपछि अजयले प्रतियोगितामा राम्रो खेलेको प्रतिक्रिया दिए । आफ्नो ¥याङकिङ नहुदा र शुरुमै ¥याङकिङ खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्दा केही कठिन भएको उल्लेख गर्दै अजयले हाम्रो खेलकुदसँग भने अर्को वर्ष राम्रो गर्ने प्रयास गर्ने छु ।

अध्ययनको सिलसिलामा हाल अस्ट्रेलियामा रहेका अजय त्यहाँ उमेर समूहका खेलाडीहरुलाई प्रशिक्षण दिदै आएका छन् । युएस ओपनका लागि उनले गत महिनाबाट तयारी थालेको बताए । युएस ओपनमा ८ सय खेलाडीको सहभागिता रहेको र विजेता खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए ।

 

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.