default_image

10 years ago

January 2, 2016

वज्राचार्यको निरन्तरता

211 views

0 Bookmark

तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) का मिक्स डबल्सका कांस्य विजेता धर्ममान वज्राचार्यलाई अध्यक्षमा निरन्तरता दिदै काठमाडौं जिल्ला टेबलटेनिस संघको साधारणसभाले ८ सदस्यीय जिल्ला कार्यसमिति शनिबार चयन गरेको छ । निर्विरोध चयन भएका वज्राचार्यको यो लगातार तेश्रो कार्यकाल हो ।

Bajracharya

त्यस्तै धर्म शाहीले उपाध्यक्ष, राकेश श्रेष्ठले सचिव तथा सुरज केसीले कोषाध्यक्षको जिम्मेवारी पाए । शाही निर्वाचित भए भने बाँकी दुई पदाधिकारी सर्वसम्मत चयन भए ।

सदस्यमा राष्ट्रिय च्याम्पियनद्वय दीप साउन र नविता श्रेष्ठ, सुरेन्द्र सुवाल तथा प्रशान्त महर्जन रहेका छन् । चारै सदस्य निर्वाचित भएका हुन् ।

इन्दिरा गुरुङ उपाध्यक्ष तथा राष्ट्रिय खेलाडी रविना महर्जन र पुल्कित भीमसेरिया सदस्यमा मनोनित भए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत धन शाहीले शपथ खुवाए । यसअघि साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.