10 years ago
January 25, 2016
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दक्षिण एसियाली खेलकुद (साफ अहिलेको साग) का स्वर्ण पदक विजेता खेलाडीलाई पुनःमासिक रुपमा भत्ता स्वरुप २ हजार ५ सय उपलब्ध गराउन सुरु गरेको छ ।
सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग पछिल्लो पटक २०१० मा बंगलादेशमा भएको थियो । पछिल्ला ११ औं संस्करणमा समूहगत र एकल गरि १ सय ३ खेलाडीले स्वर्ण पदक जितेका छन् ।
स्वर्ण विजेता खेलाडीले नियमित रुपमा मासिक भत्ता पाउने जनाउँदै राखेप सदस्य सदस्य सचिव केशवकुमार विष्टले भने ‘हामीले यसको निरन्तरताका लागि अर्को बर्षबाट बजेटमा समेट्ने प्रयास गरिरहेका छौं ।’
खेलाडीलाई भत्ता दिन सुरु गरेको यो पहिलो पटक होइन । जीवनराम श्रेष्ठ २०५३÷०५४ सालमा पहिलो पटक राखेपको सदस्य सचिव हुँदा सागका स्वर्ण पदक विजेता र एसियाली खेलकुदको पदक विजेता खेलाडीलाई मासिक १ हजार पाँच सय रुपैयाँ दिने परम्परा सुरु भएपनि पछि रोकिएको थियो । ओलम्पियनलाई दिदै आएको भत्ता पनि राखेपले पछि कट्टा गरेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]