10 years ago
January 29, 2016
काठमाडौं, माघ १५ । प्रथम पूर्व नेपाल च्याम्पियन विकासमान लामा ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालतर्फ दोश्रो चरणको खेल सकिँदा शुक्रबार शीर्ष स्थानमा छन् ।
नेपाल विद्युत प्राधिकरणका विकासको २ अंक छ ।
सार्वजनिक संस्थान खेलकुद संघ नेपालद्वारा आयोजित प्रतियोगितामा समान २ अंकसाथ नागरिक उड्डयन प्राधिकरणका गोपालबहादुर डंगोल विकाससंगै शीर्ष स्थानमा छन् ।
प्रतियोगिताको आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । बुद्धिचालमा १२ प्रतिस्पर्धी सहभागी छन् । पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन पुरुष÷महिलाको खुला र कर्मचारीको क्रमशः १० किलोमिटर र ५ किलोमिटर दुरीमा दौड हुनेछ ।दौडको कुल पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]