default_image

8 years ago

May 22, 2018

भलिबल दिवस मनाइयो

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पहिलो भलिबल दिवस नैकापस्थित शिवम् न्यु डायमन्ड क्लबको परिसरमा मनाएको छ ‌।

नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल दिवस मनाउने निर्णय गरेको थियो । भलिबल दिवस मनाउने क्रममा संघका पदाधिकारी, मदन भण्डारी स्पोर्टस एकेडेमीका पदाधिकारी लगायत एपीएफ र न्यु डायमन्डका खेलाडीले बेलुन उडाएर सेलेब्रेसन सुरु गरेका हुन् । एपीएफ र न्यु डायमन्डका बीच सेलेब्रेसन खेल पनि हुने कार्यक्रम रहेको छ ।

सोहि अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी चन्द्रागिरी नगरपालिका कमिटीको अायोजनामा भएको प्रथम उपमेयर कप विधालय स्तर छात्रा भलिबल प्रतियोगिताको फाइनल पनि भएको थियो । फाइनल खेलमा न्यु डायमन्डले पारामाउन्टलाई ३-२ ले पराजित गर्यो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.